स्थानीय निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति

स्थानीय निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति

नवलपरासी २० चैत्र –  नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले स्थानीय निर्वाचन बहिष्कारको तयारी गरेको छ ।
बहिष्कार कार्ययोजना निर्माण गर्दै बैद्य माओवादीले गतिबिधि अगाडि बढाएको हो । एम.सी.सी.पारित गरेर रास्ट्रघात गरेको जनघात र भ्रष्टचार बृद्धि भएको बेला यिनै दलालहरुलाई मतदान गर्दा रास्ट्रघातीहरुको मतियार भइने भएको हुँदा स्थानीय निर्वाचन बहिष्कार गर्ने योजना बनाइएको नगर सेक्रेटरी क्रान्तिले बताउनुभयो । त्यस्तै बहिष्कार आन्दोलनलाई जोडेर वडा भेलाहरु समेत तय भएको उहाँले जानकारी दिनुभयो ।
आइतबार भएको नगर भेलामा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार एवं जिल्ला इन्चार्ज संकल्प र प्रदेश सदस्य एवं कार्यबाहक जिल्ला सेक्रेटरी समरले कथित स्थानीय निर्वाचन बहिष्कार आन्दोलनमा बर्दघाट केन्द्र बन्ने उद्घोष गर्नुभएको थियो ।