स्थानीय निर्वाचन बहिस्कार र २ महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियानमा अखिल क्रान्तिकारी

स्थानीय निर्वाचन बहिस्कार र २ महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियानमा अखिल क्रान्तिकारी

चैत्र २० काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी)व्दारा आव्हान गरिएको स्थानीय निर्वाचन बहिस्कारलाई अखिल क्रान्तिकारीले उसको २ महिने “संगठन बिस्तार तथा सुदृढीकरण अभियान“ अन्तर्गत जनताको तल्लो स्तरसम्म पुरयाउने अभियान संचालन गरेको जानकारी प्राप्त भएको छ ।


अखिल( क्रान्तिकारी)ले संचालन गरेको २ महिने “संगठन बिस्तार तथा सुदृढीकरण अभियान“ अन्तर्गत आज गोकर्णश्वर नगरपालिका अन्तर्गतको चामुन्डा मा.वि मा ३ वटा सेक्सन कमिटी सहित पवित्रा परियारको नेतृत्वमा २१ सदस्यीय चामुन्डा मा.वि. मुल इकाई समिति निर्माण भएको छ । कार्यक्रममा अखिल(क्रान्तिकारी)का महासचिव पेशल दाहाल,सचिव प्रभात भट्टराई लगायतको उपस्थिति रहेको थियो ।