
१७ चैत्र काठमाडौं ।
विप्लव नेकपा परित्याग गरि आधा दर्जन कार्यकर्ताहरू नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएका छन् ।
अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले अविर र खादा लगाएर उहाँहरुलाई संगठनमा स्वागत गर्नु भएको हो ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, अखिल(क्रान्तिकारी)का केन्द्रीय सचीव राम तिरुवा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र बहादुर शाही, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला अध्यक्ष बि.क लगायत नेताहरूले अविर र खादा लगाएर उहाँहरुलाइलाई संगठनमा स्वागत गर्नु भएको थियो ।
त्यस्तैगरी हिंजै जनपत्रकार संगठन नेपालका प्रदेश कमिटी सदस्य खड्क बिश्वकर्मा लगाएत कैयौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस,एमाले,विप्लव नेकपालगायत विभिन्न पार्टी परित्याग गरि नेकपा( क्रन्तिकारी माओवादी)मा प्रबेश गरेका हुन ।
(अखिल क्रन्तिकारी)को केन्द्रीय कार्यलय बागबजारमा आयोजित कार्यक्रमा विभिन्न पार्टीवाट बिद्रोह गरि नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत भएका हुन ।
खड्क बिश्वकमा बिप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालका कालिकोट जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । भने राकेश बिश्वकमा पनि नेकपा विप्लवमै हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेस निकट तरुण दलका वडा सदस्य दान बि.क र राजेन्द्र तिरुवा, नेकपा एमाले निकट मुकेश बि.क लगायत नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेस गरेको जानकारी मिलेको छ ।
सो पार्टी प्रवेश कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र शाहीले गर्नु भएको थियो भने उक्त प्रवेश कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल र केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले अविर र खादा लगाएर प्रवेश गराउनु भएको थियो ।
