क्रान्तिकारी माओवादी प्रदेश १ ले निर्वाचन बहिष्कार आन्दाेलनलाई सशक्त बनाउने

क्रान्तिकारी माओवादी प्रदेश १ ले निर्वाचन बहिष्कार आन्दाेलनलाई सशक्त बनाउने

धनकुटा / नेकपा(क्रान्तिकारी माओवादी) १ नम्बर प्रदेश कमिटिले पार्टीले लिएको स्थानीय तहको निर्वाचन बहिष्कारको नीतिलाई प्रभावकारी ढंगले कार्यान्वन गर्ने निर्णय गरेको छ ।
धनकुटा जिल्लाको बाख्रिबास नगरपालिका ३ मा तीन दिनसम्म बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले आउदो वैशाख ३० गते तोकेको कथित स्थानीय तहको निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने निणर्य गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी)को फागुन २५ देखि ३० सम्म बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई प्रदेश कमिटिले प्रभावकारी रुपमा कार्यान्वन गर्ने गरेकाे हाे ।
बैठकले बहिष्कार आन्दोलनलाई सशक्त बनाउन प्रचार प्रसार ,भितेलेखन पम्प्लेट तथा व्यानगर टाँस्ने लगायतको काम गर्दै यहि वैशाख ९ गते प्रदेश नम्बर १ को राजधानीसमेत रहेको विराटनगरमा जनसभा गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै सूचना,सञ्चार तथा प्रकाशन विभाग, आर्थिक विभाग लगायतका आवश्यकीय विभागहरुको जिम्मेवारी पनि तोकेको छ ।
बैठकमा प्रमुख अतिथि रहनुभएका पार्टीका स्थायी कमिटि सदस्य प्रतिकले संसदीय व्यवस्थाले जनताका सुधारको काम समेत नगर्ने भन्दै त्यो व्यस्थाबाट क्रान्ति र समाजवाद नआउने भएकाले चुनाव बहिष्कार नै क्रान्तिकारी कदम भएको बताउनु भयो । उहाँले संसदीय व्यवस्थाले राष्ट्रियता समेत जोगाउन नसकेकाले यो व्यवस्था पुर्णरुपमा असफल भैसकेको स्पष्ट पार्नु भायो । उहाँले यो व्यवस्थाबाट नेपाली जनता आजित भैसकेकाले निर्वाचनका लागि कोहि पनि तयार नरहेको र केहि भोट हाल्न गएपनि मनदेखि रुचाएर नजाने बताउनु भयो । बैठकको अध्यक्षता तथा सञ्चालन प्रदेश सेक्रेटरी उदयले गर्नु भएको थियो ।
बैठक सकिए लगत्तै स्थानीय निर्वाचन बहिस्कारसम्बन्धी नाराहरु लेखिएका प्लेकार्डसहित विराेध प्रदर्शन समेत गरिएकाे थियाे ।