१७ चैत्र रुपन्देही ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश प्रथम भेला प्रदेश समितिका अध्यक्ष के बि गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलालाई नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य सङकुलले बर्तमान समयमा दुईवटा कार्यभार पूरा गर्ने मोर्चाले महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको महत्त्वपूर्ण भुमिका स्थानीय निर्बाचन सशक्त बहिष्कार नै कार्यभार पुरागर्नुपर्ने र भबिस्यमा सत्ता सञ्चालनको महत्त्वपूर्ण अंगको रुपमा स्थापित गर्नुपर्ने कुरा राख्नुभएको थियो ।

प्रथम भेलाले टिकाराम पौडेलको अध्यक्षतामा २५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ । जसमा उपाध्यक्ष ईश्वरी प्रसाद गैरे ,सचिव लक्ष्मी चौलागाईं कोषाध्यक्ष एक देब पौडेल सहसचिवमा शुसिला आचार्य हुनुहुन्छ भने सदस्यहरुमा मोहन लाल शर्मा , भिमलाल शर्मा , दिपक बिक , नम बहादुर घर्ती , अशोक थापा, धनबिर चौधरी ,ज्ञान बहादुर परियार ,भक्त राम काफ्ले ,गुड्डु तिवारी ,ज्ञानिराम पुरी ,पदम लामिछाने ,गोबिन्द पोख्रेल निर्बाचित हुनुभएको छ भने बाकी ७ सदस्यीय जिल्ला को आबस्यकता पछि थप गर्ने निर्णय गरिएको छ ।
भेलाले पाच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा :– के वि गुरुङ ,पिताम्बर आचार्य ,तेज कुमारी थापा ,निम कला थापा, बिक्रम भण्डारी चयन हुनुभएको छ ।
भेलाबाट निर्बाचित कार्यसमितिलाई बधाई तथा सफलताको अध्यक्षता गर्नु भएका के बि गुरुङले पार्टीको योजना अनुसार कथित स्थानीय निर्वाचन जिल्लाको योजना अनुसार बहिष्कार गर्न र प्रदेश भित्र संगठन बिस्तार गर्दै अगाडि बढन शुभकामना दिनु भएको थियोे ।कार्यक्रम मोर्चाका प्रदेश सहसचिव बिक्रम भण्डारीले गर्नुभएको थियो ।