देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेशको प्रथम भेला प्रदेश समितिका अध्यक्ष के बि गुरुङको अध्यक्षतामा सम्पन्न

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेशको प्रथम भेला प्रदेश समितिका अध्यक्ष के बि गुरुङको अध्यक्षतामा सम्पन्न

१७ चैत्र रुपन्देही ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश प्रथम भेला प्रदेश समितिका अध्यक्ष के बि गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलालाई नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य सङकुलले बर्तमान समयमा दुईवटा कार्यभार पूरा गर्ने मोर्चाले महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको महत्त्वपूर्ण भुमिका स्थानीय निर्बाचन सशक्त बहिष्कार नै कार्यभार पुरागर्नुपर्ने र भबिस्यमा सत्ता सञ्चालनको महत्त्वपूर्ण अंगको रुपमा स्थापित गर्नुपर्ने कुरा राख्नुभएको थियो ।


प्रथम भेलाले टिकाराम पौडेलको अध्यक्षतामा २५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ । जसमा उपाध्यक्ष ईश्वरी प्रसाद गैरे ,सचिव लक्ष्मी चौलागाईं कोषाध्यक्ष एक देब पौडेल सहसचिवमा शुसिला आचार्य हुनुहुन्छ भने सदस्यहरुमा मोहन लाल शर्मा , भिमलाल शर्मा , दिपक बिक , नम बहादुर घर्ती , अशोक थापा, धनबिर चौधरी ,ज्ञान बहादुर परियार ,भक्त राम काफ्ले ,गुड्डु तिवारी ,ज्ञानिराम पुरी ,पदम लामिछाने ,गोबिन्द पोख्रेल निर्बाचित हुनुभएको छ भने बाकी ७ सदस्यीय जिल्ला को आबस्यकता पछि थप गर्ने निर्णय गरिएको छ ।


भेलाले पाच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा :– के वि गुरुङ ,पिताम्बर आचार्य ,तेज कुमारी थापा ,निम कला थापा, बिक्रम भण्डारी चयन हुनुभएको छ ।


भेलाबाट निर्बाचित कार्यसमितिलाई बधाई तथा सफलताको अध्यक्षता गर्नु भएका के बि गुरुङले पार्टीको योजना अनुसार कथित स्थानीय निर्वाचन जिल्लाको योजना अनुसार बहिष्कार गर्न र प्रदेश भित्र संगठन बिस्तार गर्दै अगाडि बढन शुभकामना दिनु भएको थियोे ।कार्यक्रम मोर्चाका प्रदेश सहसचिव बिक्रम भण्डारीले गर्नुभएको थियो ।