काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ पार्टी र २ मोर्चा सम्वद्ध संयुक्त विद्यार्थी संगठनहरूले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी संगठनहरूको शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली भक्तपुर बसपार्क, बागबजार, पुतलिसडक, न्यूप्लाजा, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने लगायत सबै विद्यार्थी संगठनका नेताहरुले एमसीसी खारेज नभएसम्म आन्दोलनलाई थप सशक्त बनाएर लैजाने उद्घोष गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर