संखुुवासभा । संखुवासभामा भएकाे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । सुखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएकाे थियाे ।
बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।































