कास्की पोखरामा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस सम्पन्न

कास्की पोखरामा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस सम्पन्न

२४ फागुन कास्की पोखरा ।
पोखरा, कास्कीमा संयूक्त मोर्चामा कार्यरत ६ कम्युनिस्ट घटक संबद्ध महिला संगठनहरुले संयुक्तरुपमा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस “स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौं ” भन्ने मुल नाराका साथ पोखरा महानगर पालिकाको मुस्ताङ्गचोकबाट नारा जुलुस सहित पोखरा विरौटाचोकमा पुगि भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।


नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कास्की जिल्ला अध्यक्ष उर्मिला श्रीसको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा मसाल, नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी निकट महिला संगठनहरुका जिल्ला नेतृहरु र सहिद परिबारको तर्फबाट समेत बोल्न भएको थियो ।
उक्र कार्यक्रममा वक्ताहरुले महिला माथी अझै पनि विभेद कायमै रहेको र गणतन्त्र स्थापना भएतापनीे महिलाहरु असुरक्षित अवस्था मै भएको, हत्या हिंसा, बलात्कार अहिले पनि ब्याप्त रहेकोले अब राजनैतिक रुपमा महिला मुक्ती आन्दोलनलाई जोडदार रुपमा उढाउनु पर्ने कुरामा जोेड दिदै जनताको जनगणतन्त्र नआएसम्म महिला मुक्ती र समानता सम्भव नहुने कुरा बताउनु भयो ।