पर्वत जिल्लाको हातेमालो चोक बजारमा राष्ट्रघाती एमसीसी संझौता विरुद्धमा भब्य मशाल जुलुस संपन्न

पर्वत जिल्लाको हातेमालो चोक बजारमा राष्ट्रघाती एमसीसी संझौता विरुद्धमा भब्य मशाल जुलुस संपन्न

फागुन २४ पर्वत ।
पर्वत जिल्लाको दक्षिणी भेगको ब्यापारीक केन्द्र हातेमालो चोक बजारमा राष्ट्रघाती एमसीसी संझौता विरुद्धमा आज भब्य मशाल जुलुस संपन्न गरिएको छ ।

मशाल जुलुस पछिको कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश सदस्य तिलक अधिकारी र रास्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गोपि चन्द्र बस्यालले संबोधन गर्नु भएको थियो । कोणसभाको संचालक राष्ट्रिय जनमोर्चा पैयु गाउपालिका अध्यक्ष .भिमलाल न्यौपाने हुनुहुन्थ्यो ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल का पैयुगाउपालिका अध्यक्ष भोजराज पंगेनी, आदिवासी जनजाती नेता मेख बहादुर थापा लगायत नेताहरु सहित १०० जना भन्दा बढी स्थानीय युवाहरूको उपस्थिती रहेको थियो ।