राष्ट्रघाती माओवादी केन्द्र छाड्नेकाे लहर, महाेत्तरीका संयाेजक र वडाअध्यक्ष समेतले माके त्यागकाे घाेषणा गरे

राष्ट्रघाती माओवादी केन्द्र छाड्नेकाे लहर, महाेत्तरीका संयाेजक र वडाअध्यक्ष समेतले माके त्यागकाे घाेषणा गरे

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाकाे साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झाैता पास गर्न नेतृत्वदायी भुमिका खेलेकाे भन्दै राष्ट्रघाती पार्टी माओवादी केन्द्रमा नबस्ने भन्दै दल त्याग गर्नेहरुकाे लहरै चलेकाे छ ।
पछिल्लाेपटक माओवादी केन्द्र महाेत्तरीका संयाेजकसहित पाँच जना नेता कार्यकर्ताहरुले माओवादी दल त्यागकाे घाेषणा गरेका छन् । उनीहरुले बुधबार एक विज्ञप्ति जारी गरी माओवादी केन्द्र त्यागकाे घाेषणाा गरेका हुन् ।
दल त्यागकाे घाेषणा गर्नेहरुमा नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेश सदस्य तथा पार्टीका महाेत्तरी संयाेजक तुलसीप्रसाद ढुंगाना, मधेस प्रदेश सदस्य रामबहादुर राना, मधेस प्रदेश सदस्य तथा बर्दिबास नपा- ३ का वडा अध्यक्ष राजनप्रसाद ढुंगाना, उर्मिला कार्की र नरबहादुर खनाल रहेका छन् ।
उनीहरुले वक्तव्यमा राष्ट्रघाती माकेकाे साधारण सदस्य समेत नरहने गरि दल त्याग गरेकाे घाेषणा गरेका छन् ।