गाइघाट ,उदयपुर /”स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौं ” भन्ने मुल नाराका साथ ६ कम्युनिस्ट घटक संबद्ध महिला संगठनहरुले संयुक्तरुपमा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस आज उदयपुरको गाइघाटमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरेका छ्न ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष अम्बिका रेग्मीको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा बिशेश अतिथी नेकपा बिप्लबका केन्द्रिय सदस्य बिबेक कुमाल हुनुहुन्थ्यो भने अतिथिहरुमा क्रान्तिकारी माओबादिका सेक्रेटरी शंकर पौडेल ,नेकपा बिप्लबका इन्चार्ज लछ्मण पौडेल,बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य गोकुल राई ,देजमोका संयोजक लिल ब.बिक र माओबादी मजदुर पार्टिका जगत कटुवाल हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी अम्बिका रेग्मीले देशमा गणतन्त्र आयपनी महिला माथी अझै पनि विभेद कायमै रहेको महिला दिनदिनै असुरक्षित रहंदै हत्या हिंसा बलात्कारको सिकार बन्दै आएकोले अब राजनैतिक रुपमा महिला मुक्ती आन्दोलनलाई सशक्त रुपमा बढाउनु पर्ने बताउंदै देशमा जनताको जनगणतन्त्र नल्याय सम्म महिला मुक्ती र समानता नआउने बताउनु भयो ।
त्यसै गरि विशेष अतिथी बिबेक कुमालले महिला मुक्ती आन्दोलनलाई घनिभुत बनाउनु पर्ने र आधा आकाश ढाक्ने महिलाहरूलाई राजनिती लगायत अन्य छेत्रमा पहुँच पुर्याउन अब क्रान्तिकारिहरुले सत्ता कब्जा गर्नु पर्ने र त्यसको लागि महिलाहरु अग्रसर हुनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रम नेकपा बिप्लब निकट अनेमसंघ क्रान्तिकारीकी केस अनिता गजमेरको सभापतित्वमा र क्रान्तिकारी माओबादी निकट अनेमसंघ क्रान्तिकारिकी केन्द्रिय सह सचिब रिता मगरको संचालनमा भएको उक्त कार्यक्रमको स्वागत मंतब्य युबा महिला नेतृ जानुकाले गर्नु भएको थियो ।






























