२१ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै ९वटा ट्रेड युनियन महासंघहरुको दोश्रो सम्मेलन सम्पन्न

२१ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै ९वटा ट्रेड युनियन महासंघहरुको दोश्रो सम्मेलन सम्पन्न


२४ काठामान्डौ
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बैज्ञानिक समाजवादको पक्षमा र साम्राज्यवाद विरुद्धमा आफ्ना कार्यक्रम अगाडि बढाइरहेको बिश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको दोश्रो सम्मेलनमा नेपालमा कृयाशिल ९वटा ट्रेड युनियन महासंघहरुको सहभागिता सहित सम्पन्न भएको छ ।

बिशेष अतिथिको रूपमा कमरेड सि पि गजुरेल “गौरव“ समेतको सहभागिता र उहाँका एमसीसी लगायत साम्राज्यवादद्वारा अगाडी सारिएका परियोजना बारे गम्भीर चर्चा विशेष आकर्षण रह्यो ।

पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता र प्रेमल कुमार खनाल ज्युको अध्यक्षतामा भएको सो सम्मेलनमा विभिन्न महासंघका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । सो कार्यक्रम २१ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै समापन भएको छ ।