क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दिपेन्द्र सुनार

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दिपेन्द्र सुनार

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीमा दिपेन्द्र सुनारअर्घाखाँची । जनपक्षीय पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघको अर्घाखाची जिल्ला समिति गठन गरिएको छ । मालारानी गाउपालिका – ६ मा आयोजना गरिएको जिल्ला भेलाले दिपेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

समिती सदस्यहरुमा भगवता अधिकारी ; दिपक थापा; अनिता झाक्री मगर ; निर्मला खनाल र केशब खनाल रहनुभएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव भुपेन्द न्यौपाने ; जिल्ला इन्चार्ज टिकाराम पौडेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पार्टी जिल्ला सचिब टकमान राउत ; नव बहादुर घम ; अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापा; देजमो जिल्ला अध्यक्ष अशोक थापालगायतको आतिथ्यता रहेको थियो ।