
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्घ देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालकाे प्रदेश ३ काे आयाेजनामा विराेध प्रदर्शन गरिएकाे छ । नेपाली भुमि लिपुलेकमा बाटाे बनाइरहेकाे भनी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले दिएकाे अभिव्यक्तिकाे विराेधमा विराेध प्रदर्शन गरिएकाे हाे ।
पार्टीको कुपन्डोल कार्यालयबाट सुरु गरिएकाे विराेध प्रदर्शनसहितकाे र्याली माइतीघर मण्डलामा पुगेर काेणसभाका परिणत भएकाे थियाे ।
काेणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम दिनेश शर्मा सागर, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेललगायतका नेताहरुले सम्बाेधन गर्नुभएकाे थियाे ।
काेणसभाकाे सञ्चालन माेर्चाकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारीले गर्नुभएकाे थियाे ।
