काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताले माइतीघर मण्डलामा विराेध प्रदर्शन र काेणसभासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे टाउकाकाे फुटबल बनाएर खेले र पुत्ला पनि दहन गरे ।
नेपालकाे स्वाधीनताकाे विरुद्धमा अभिव्यक्ति दिने भारतीय विस्तारवादी शासक माेदीकाे विराेधमा आयाेजना गरिएकाे विराेध प्रदर्शनमा प्रहरीकाे आँखा छल्दै प्रदर्शनकारीहरुले माेदीकाे टाउकाकाे फुटबल बनाएर खेलेका हुन् ।
भारतीय विस्तारवाद मुर्दावाद, विस्तारवादी सेना नेपाल छाेड, नेपाली स्वाधीनता जिन्दावाद भन्दै चर्काे नाराबाजीसहित गरिएकाे विराेध प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला समेत दहन गरिएकाे थियाे ।
काेणसभा सकिएलगत्तै प्रहरी अवराेधका बाबजुद माेदीकाे टाउकाकाे फुटबल र पुत्ला दहन गरिएकाे थियाे ।