थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

२४ पौष काठमान्डौ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ ।
हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।
दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
उसो त देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।