अन्धा हो किन ल्याउँछौ अगतिलो सङ्कष्ट नेपालमा
फँस्दै छौ किन लोभले कपटिलो अङ्ग्रेजको जालमा ।
सेना राखन दाउ हेर्छ उसले नेपाल भित्रै पसी
हाम्रा निम्ति अनिष्ट बन्छ बुझ्न सङ्कष्ट हो एम.सि.सि ।।

देख्दैनौ ? अफगान दुर्नियतिमा विक्षिप्त सोमालिया
कस्तो हाल इराकमा छ नबुझी पार्छौं कलेजो छिया ।
आँट्दैछौं किन ध्वस्त पार्न धरती के अर्थ हो खुद्खुशी
हाम्रौ निम्ति अनिष्ट दुष्ट रहला सङ्कष्ट हो एम.सि.सी ।।

हार्दिक शुभकामना !

यौटाको बुटले थिच्यो नि लिपु या कालीनदीको शिर
अर्कोको बुट सोझिँदैछ अहिले लौ काठमाण्डुतिर ।
कस्तो बन्छ भविष्य याद नगरी के मार्दछौ बुर्कुसी
पासो बन्छ भविष्यमा मुलुकको यो दुर्दशा एम.सि.सी ।।

ती घाती कन राष्ट्रघात नगरी लाग्दैन निद्राभने
बेलाभो अब जाउ भाँङ धतुरो ख्वाएर लठ्याउने ।
बेला ठिक्क छ राष्ट्रघातीहरूमा जुत्ता उपहारको
पार्नै पर्छ धुलो उठौं सब जना चाण्डाल सर्कारको ।।

प्रतिक्रिया

सम्बन्धित खवर