कठिनाइबाट मुक्त जीवन
मेरो लागि होइन
होइन, मेरो तुफानी मनलाई यो स्वीकार्य छैन ।
मलाई एक महान् उच्च लक्ष्य चाहिन्छ
र, त्यसका लागि जीवनभरको सङ्घर्षको निरन्तरता
ए कला ! तुरुन्त खोल
मानवताको धरोहर
आफ्नो अमूल्य कोर्षको ढोका
मेरो लागि खोल ।
आफ्नै प्राज्ञिकता र संवेगको अङ्गालोमा
सम्पूणर् विश्वलाई बाँधौँला म ।
आऊ,
हामी कठिन र सुदूर यात्रामा हिडौँ
आऊ किनकि,
निरुद्देश्य र लक्ष्यहीन जीवन
हामीलाई स्वीकार्य छैन
हामीलाई झुँग्दै गरेको कलम घिस्रिएको
उत्पीडन र लाचारीमा बाँच्नु छैन ।
हामी आकाङ्क्षा, आक्रोस, आवेग र
अभिमानमा बाँच्नु छ ।
असली मानवको जीवन जिउने छौँ ।
अनुवाद ः हिरामणि दुःखी































