जनयुद्धकालीन मुद्दामा पक्राउ गरिएका जयबहादुर शाहीलाई विनाशर्त अविलम्ब रिहाई गर्न क्रान्तिकारी माओवादीको जोडदार माग

जनयुद्धकालीन मुद्दामा पक्राउ गरिएका जयबहादुर शाहीलाई विनाशर्त अविलम्ब रिहाई गर्न क्रान्तिकारी माओवादीको जोडदार माग

्र

काठमाडौं । केपी ओली सरकारले पार्टी केन्द्रीय समितिका सल्लाहकार दैलेख जिल्ला निवासी जय बहादुर शाहीलाई जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेकोमा नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता प्रतीकव्दारा सरकारको उक्त कार्यको विरोध गर्दै उहाँको अविलम्ब एवम् विनाशर्त रिहाइ गर्न बैतडी जिल्ला निवासी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न प्रेस–वक्तव्यमार्फत जोडदार माग गर्नु भएको छ, वक्तव्यको पूर्ण विवरण तल दिइएको छ–

प्रेस–वक्तव्य
केपी ओली सरकारले हाम्रो पार्टीका केन्द्रीय समितिका सल्लाहकार दैलेख जिल्ला निवासी कमरेड जय बहादुर शाहीलाई जनयुद्धकालीन मुद्दामा यही माघ २४ गते पुनः पक्राउ गरी जेल चलान गरेको घटनाप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घोर विरोध गर्दछ र उहाँलाई अविलम्ब एवम् विनाशर्त रिहाइ गर्न जोडदार माग गर्दछ ।

पछिल्ला दिनहरुमा देशमा माहिला हिंशा तथा बलात्कारका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । यसको पछिल्लो कडीका रुपमा बैतडी जिल्ला, दोगडा केदार गाउँपालिका वार्ड नं. ७ चिडेपानी निवासी १७ वर्षीया किशोरी भागरथी भट्टको यही माघ २२ गते बलात्कार पछि हत्या भएको विभत्स घटना अगाडि आएको छ । बारम्बार यस्ता नृशंस घटनाहरु बढदै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टी हुन्छ । यस घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)
मिति ः २७ माघ २०७७