
माघ २६ ताराखोला बागलुंग ।
बागलुंग जिल्ला ताराखोला गाउँ पालिका वडा नम्बर १ भुस्काटमा अखिल नेपाल माहिला संघ(क्रान्तिकारी) कार्यकारी समितिको पहिलो बैठक २०७७ साल माघ २६ गते सम्पन्न भएको छ ।

संघको अध्यक्ष सन्तकुमारी घर्तिको अध्यक्षता र नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष प्रा. डा. ओम गुरूंगको बिशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले विभिन्न समसामयिक तथा संगठन सुदृढीकरण सम्वन्धी निर्णयहरू पारित गरेको छ, जसमा बैठकको सुरूमा देश र जनताका मुक्तिका लागि सहादत प्राप्त गर्ने ज्ञात र अज्ञात शहिदहरूप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै १ मिनट मौन धारण गर्दै डेढ बर्षअघि बलात्कार पछि हत्यागरिएकी कन्चनपुरको १३ बर्षीय बालिका निर्मला पन्तकोहत्यारा पत्ता नलाग्दै केही दिन अघिमात्र बैतडीको १७ बर्षीय भागीरथ भट्टको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुखद घटना हो । तर जनताको ज्यूधनको सुरक्षा गर्ने जिम्मा लिएको बर्तमान डबल नेकपा सरकारले बलात्कारी र हत्याराहरूलाई अहिलेसम्म पत्ता लगाई सजाय दिन नसक्नु सरकारको लाचारीपन हो । आजको यो बैठक निर्मला पन्त र भागीरथ भट्टको हत्याराहरूलाई तुरून्त पत्ता लगाई कडा भन्दा कडा सजायको माग गर्दै बलात्कारपछि हत्या गरी मारिएका किशोरीहरूप्रति भावपूर्ण श्रँध्दान्जली अर्पण गर्ने निर्णय गरेको छ । साथै यो बैठक महिलाहरूको हकहीत र महिला हत्याहिंसाका बिरूध्द सचेतनामूखी अभियान चलाउने निर्णय गर्दै मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), बिप्लव नेतृ्त्वको नेकपा, ऋृषिकट्टेल नेतृत्वको नेकपा र रामभक्त दुलाल ‘आहुती’ नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्टपार्टी बीच निर्माण भएको संयुक्त मोर्चाको घोषणा सभा यही फागुन २९ गते काठमाण्डौमा हुनगईरहेको जानकारी प्राप्त भएकोले यो बैठक त्यसलाई पूर्ण रूपमा स्वागत तथा समर्थन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) को सिध्दान्त, नीति र कार्यक्रम तथा महिला हक अधिकारसंबन्धी प्रशिक्षित हुन फागुनको दोस्रो हप्तापछि सनिवारको दिन पारेर महिला प्रशिÞक्षण कार्यक्रमको आयोजना गर्ने आदि निर्णयहरु गरिएको छ
बैठकको अन्तमा समितिका अध्यक्ष सन्तकुमारी घर्तिले उक्त बैठकमा समितिको निमन्त्रणलाई स्वीकार गरी आउनु भै पार्टीको नीति तथा कार्यक्रम र सांगठनिक पध्दतीबारे समितिका सदस्यहरूलाई महत्वपूर्ण प्रशिक्षण दिनुहुने नेकपा (क्रान्तिकारी माओवादी) सल्लाहकार समितिका केन्द्रीय अध्यक्ष प्रा. डा. ओम गुरूंग, ताराखोला गाँउ पालीका पार्टी सचिव गंगाप्रसाद गुरूंग, सदस्य भूमिराज बिक लगायत उपस्थित सबै सदस्यहरूलाई धन्याबाद दिदै बैठक समापन भएको घोषणा गर्नु भएको जानकारी प्राप्त गरिएको छ ।































