काठमाडौं । क्रान्तिकारी माओवादीले फाल्गुन १ गते देशैभर विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस भव्य रुपमा मनाउने तयारी गरेकाे छ । पार्टीको ३ नं. प्रदेशले फाल्गुन १ गते प्रदेश स्तरमा केन्द्रित गरि काठमाडौंमा युवा मार्चपास गर्ने तयारी गरेकाे छ ।
महान जनयुद्धको २६ औ बर्षगाँठ  समारोहलाई केन्द्रमा राख्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काठमाडौँले आफ्नो गतिविधि तीब्र बनाएको छ । काठमाडौँमा  हिजोआज दिनहु जसो कोण सभा,भित्ते लेखन, ब्यानारिङ  र कार्टुन प्रदर्शनी भैरहेका छ्न् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला अन्तर्गतको पूर्वी महानगर ईलाका कमिटिको आयोजनामा माघ २६ गते कोटेश्वरमा कार्टुन प्रदर्शनी तथा कोण सभा सम्पन्न भएको छ । कोण सभाको मुख्य बक्ता पार्टीकी केन्द्रीय  सदस्य तथा काठमाडौँ ईन्चार्ज सरु हुनुहुन्थ्यो । कोण सभामा बोल्दै सरुले भन्नु भयो, ‘ मुलुकको वर्तमान समस्याको समाधान न त प्रतिनिधि सभाको पुनर्स्थापनाले हुन्छ न त  मध्यावधि चुनावले नै, मुलुकको वर्तमान समस्याको साथै समग्र देश र जनताका समस्याहरुको वास्तविक  समाधान संघीय जनगणतन्त्र स्थापना पश्चात मात्र हुन्छ । त्यसकारण संघीय जनगणतन्त्र स्थापनाको निम्ति संघर्ष गर्न आम जनसमुदायहरुमा म हार्दिक आह्वान गर्दछु ।
कोण सभाका अर्को  वक्ता पार्टीका ३ न प्रदेश सदस्य तथा  पूर्वी महानगर ईलाका कमिटिका ईन्चार्ज  रिना हुनुहुन्थ्यो । कमरेड रिनाले वर्तमान शासकहरुले शहीदका रगतमाथि खेलवाड गरेर अपराध गरेको हुँदा यी अपराधिहरुलाई कुनैपनि दिन जनताले कारवाही गर्ने कुरामा कुनै शंका छैन भन्दै उहाँले अगाडि भन्नुभयो, ‘जब जनताले ती अपराधीहरुलाई कारवाही गर्नेछन्, तब मात्र शहीदको उच्च मुल्यांकन हुनेछ ।’
कोण सभाको संचालन पार्टीको काठमाडौँ जिल्ला सदस्य गणेश घिमिरेले गर्नुभएको  थियो । उक्त कार्यक्रममा पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, पूर्वी महानगर ईलाका सेक्रेटरी बोजराज श्रेष्ठ , क्रान्तिकारी पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सागर श्रेष्ठ , काठमाडौँ जिल्ला पार्टीका सल्लाहकारहरु जय दाहाल र पवन गुरुङ लगायत नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर