क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेशद्वारा प्रेस वक्तब्य जारी

क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेशद्वारा प्रेस वक्तब्य जारी

बुटवल – क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सोमवार एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।
बक्तब्यको पुर्णपाठ यस प्रकार छ –
जनपक्षीय एंव श्रमजिवी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक मिति २०७७/१०/२५ गते भालुवाङमा सम्पन्न भयो । बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेश बक्तब्य जारी गरिएको छ ।
१– बैठकको शुरुमा महान जनयुद्ध , जनआन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन एंव जनपक्षीय पत्रकारिताको भुमिकाबाट जीवन बलिदान गर्नुहुने महान शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
२– बैठकमा सहभागी सबै कमरेडहरुले सम्भावना र चुनौती सहितका समिक्षात्मक रिर्पाेटिङ राख्नुभयो ।
३) बैठकका अध्यक्ष समेत रहनुभएका संगठनका केन्द्रीय कोषाध्यक्ष एंव प्रदेश संयोजक क. रवि पाण्डेयले रिर्पाेटमा उठेका जिज्ञाशाहरुको सन्र्दभमा बिषय राख्दै प्रदेश कार्यालयको तर्फबाट प्रस्ताव राख्ने काम भयो ।
४) बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी क.संकुलले पार्टीका नीति कार्यक्रम कार्यदिशा र जनपक्षीय पत्रकारहरुको भुमिका बारे विचार राख्नुभयो ।
५ ) राजनैतिक कार्य – प्रदेश केन्द्रित र जिल्ला जिल्लाको सापेक्षतामा जनपक्षीय पत्रकारिता बिषयक प्रशिक्षण गर्ने ।
६) संगठन सम्बन्धि निम्न निर्णय लिईएको छ ।
(क) संयोजक क. रवि पाण्डेय , क. दामोदर खनाल र क. केशव अधिकारी रहने गरी तीन सदस्सीय सचिवालय गठन गरिएको छ ।
ख) सबै जिल्लाहरुमा यही फागुन २० गते भित्र सदस्यता वितरण नवीकरण भेला बैठक सम्पन्न गर्ने जसका लागि रुपन्देही, पश्चिम नवलपरासी र कपिलबस्तुमा संयोजक क. रवि पाण्डेय , अर्घाखाँची, प्युठान, पुर्वी रुकुम, रोल्पा , दाङका लागि केन्द्रीय सदस्य क. दामोदर खनाल, गुल्मी र पाल्पाका लागि केन्द्रीय सदस्य क. केशव अधिकारी बाँके बर्दियाका लागि केन्द्रीय सदस्य क. आयुष न्यौपानेलाई जिम्मेवारी दिने र सबै जिल्लामा केन्द्रीकृत भई कार्यक्रम सम्पन्न गर्ने ।
७) संर्घष सम्बन्धमा – क) नेपाल पत्रकार महासंघ अमुक संसदीय दलको भातृ संगठनमा परिणत भएकोले त्यसलाई साझा बनाउन मुद्धा मिल्ने संघसंगठनहरुबीच आवश्यक तालमेल तथा मोर्चाबन्दी गरी संर्घष उठान गर्ने ।
ख) नेपाल पत्रकार महासंघ नागरिक सामाजिक आन्दोलनको एक हिस्सा रहेकोले महासंघको चुनावमा एकल वा मुद्धाको आधारमा गठबन्धन गरी चुनाव उपयोग गर्ने ।
ग) राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा संसदीय ब्यवस्थाको बिरोधमा हुने आन्दोलनका कार्यक्रमका रिर्पाेटिङलाई उच्च प्राथमिकता दिने ।अन्त्यमा बैठकका अध्यक्षता गर्नुभएका प्रदेश संयोजक क.रवि पाण्डेयबाट निर्णय कार्यान्वयनको दृढता सहित बैठक समापन भयो ।

रवि पाण्डेय
संयोजक