
माघ २४ बागलुंग ।
२०७७ साल माघ २४ गते ताराखोला गाउपालिकाको वडा नम्बर १ भुस्कातमा ताराखोला गाउँपालिका समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । बाग्लुंग जिल्लापार्टी सचिव पूर्णबहादुर गुरूंगको अध्यक्षता र पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष प्रा. डा. ओमगुरूंगको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाको समुद्घाटन स्थानीय कलाकारहरूले बजाएको पंचेबाजाको धुनसंगै प्रा. डा. गुरूंगले गर्नुभयो ।


उद्घाटन मन्तब्यकोक्रममा प्रा. डा. ओम गुरूंगले देशको पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा बल्ल नेपाली जनताले आफुलाई अजंगको ठूलो भनी घमण्ड गर्ने डबल नेकपा पार्टी र त्यो पार्टीको दुईतिहाई बहुमतको सरकारको सक्कली अनुहार हेर्ने र चिन्ने मौका पाएका छन् भन्दै आम नेपाली जनताहरूलाई कथित कम्युनिष्टहरूको भ्रममा नपर्न र देश र जनताको मुक्तिका लागि सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादीमा) मा गोलबन्द हुन आह्वान गर्नु भयो । भेलालाई शुभकामना दिने क्रममा सल्लाहकार समितिका अर्का सदस्य अमृत घर्ति मगर र देजमो गण्डकी प्रदेसका सदस्य बमबहादुर छन्त्यालले सत्तास्वार्थ र सेवा सुबिधाको लागि भएको डबल नेकपा भित्रको अन्तर कलहले देशमा राजनीतिक संकट उत्पन्न भएको छ भन्दै डबल नेकपाले गरेको जनघाती र राष्ट्रघाती कार्यको भण्डाफोर गर्नु भयो ।
भेला आयोजक सिमितिका सदस्य छम प्रसाद बिकको सन्चालनमा सम्पन्न भेलाले १५सदस्यीय नेकपा (क्रान्तिकारी माओवादी) ताराखोला गाउँपालिका समिति, १५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा, १५ सदस्यीय अखिल नेपाल क्रान्तिकारी महिला संघ, १५ सदस्यीय अखिल नेपाल आदिवासी जनजाति महासंघ, १५ सदस्यीय दलित मुक्तिमोर्चा र २३ सदस्यीय क्रान्तिकारी युवा लिग, नेपाल गठन गरेको छ । भेलाले गठन गरेका ताराखोला गाउपालिका स्तरीय पार्टी समिति तथा विभिन्न जनबर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरूको नामावली निम्न बमोजिम छन् ः
१. नेकपा (क्रान्तिकारी माओवादी)ताराखोला गाउपालिका समिति
गंगाप्रसाद गुरूंग ( सचिव तथा गापा इन्चार्ज) र सदस्यहरूमा भूमिराज बिक, नरबहादुर बिक, छमप्रसाद घर्ति, ध्वजबहादुर गुरूंग, पतिराम बिक, सन्तु घर्ति, मनुदेबी गुरूंग, गणेश बिक, जगबहादुर छन्त्याल, खगेन्द्र गुरूंग, लालबहादुर श्रीस, थमबहादुर गुरूंग, पूर्णबहादुर घर्ति र हर्कबहादुर रोका छन् ।


२.ल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
अध्यक्ष नरबहादुर बिक उपाध्यक्ष छमप्रसाद घर्ति,सचिवः थमबहादुर गुरूंग, कोषाध्यÞक्षः यमबहादुर छन्त्याल र सदस्यहरूमा बीरबहादुर छन्त्याल, प्रेमबहादुर गुरूंग, छमप्रसाद गुरूंग, खगेन्द्र गुरूंग, नरजंग गुरूंग, यमबहादुर गुरूंग, समरबहादुर पुन, नरेस श्रीस, भक्तबहादुर गुरूंग र तमबहादुर घर्ति ।
३. अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी) अध्यक्षः सन्तु घर्ति, उपाध्यक्षः कमला बिक, सचिब अमृता छन्त्याल, कोषाध्यक्षः मनुदेबी गुरूंग र सदस्यहरूः धना गुरूंग, अस्मिता घर्ति, माया घर्ति, रिम कुमारी घर्ति, सुनिता गुरूंग, अनिता गुरूंग, शान्ति गुरूंग, नरदेबी गुरूंग, शर्मिलागुरूंग, अनिता सुनार र पार्बति बिक छन् ।
४. अखिल नेपाल आदिवासी जनजाति महासंघः अध्यक्षः जगबहादुर छन्त्याल, उपाध्यक्षः प्रेमबहादुर गुरूंग, सचिवः गिरीप्रसाद गुरूंग, कोषाध्यक्षः भीमबहादुर गुरूंग तथा सदस्यहरूः प्रेमबहादुर गुरूंग (सिखर), खरबहादुर घर्ति, चक्रबहादुर घर्ति, उजिर घर्ति, भीम प्रसाद घर्ति, यमबहादुर गुरूंग, देउप्रसाद श्रीस, हीरासिंह छन्त्याल, धनबहादुर छन्त्याल, रणबहादुर घर्ति रटीका गुरूंग । सल्लाहकार ः क्या. दलबहादुर गुरूंग
५. दलित मुक्ति मोर्चाः अध्यक्षः पतिराम बिक, उपाध्यक्षः गणेश बिक, सचिवः हेमन्त बिक, कोषाध्यक्षः सक्तबहादुर बिक र सदस्यहरूः गंगबहादुर बिक, यमबहादुर बिक, खरबहादुर बिक, अनिता सुनार, पार्बती बिक, प्रेमबहादुर बिक, चक्रबहादुर बिक, रामबहादुर बिक र होमबहादुर बिक । सल्लाहकारः नरबहादुर बिक र भूमिराज बिक ।
६. क्रान्तिकारी युवा लिग, नेपाल ः अध्यक्षः तिलक गुरूंग, उपाध्यक्षः सागर छन्त्याल, सचिबः छमप्रसाद बिक, कोषाध्यक्षः डम्बरबहादुर छन्त्याल तथा सदस्यहरूः भीमबहादुर छन्त्याल, राजु बिक, दिपेस गुरूंग, हेमन्त बिक, ललिता छन्त्याल, उमेस गुरूंग, प्रकाश छन्त्याल, दीपक छन्त्याल, यमबहादुर घर्ति, सुदिन छन्त्याल, चन्द्रबहादुर छन्त्याल, भीनबहादुर गुरूंग, महेन्द्र घर्ति, थमेन्द्र घर्ति, हिकमत रोका, देउ प्रसाद श्रीस, भूपेन्द्र गुरूंग, शेरबहादुर श्रीस, जीवन श्रीस र जीवनघर्ति ।
भेलाको समापन अघि भेलाद्वारा गठित पार्टी समिति र बिभिन्न जनबर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा नेकपा (क्रान्तिकारी माओवादी) को बिधान अन्तर्गत रही देश र जनताको पक्षमा सदा संघर्ष गर्ने प्रतिबध्दता जाहेर गरे ।
































