क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला इलाका सल्लाहकार मनमाया सार्कीको वार्षिकी श्रद्धान्जली कार्यक्रम सम्पन्न

क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला इलाका सल्लाहकार मनमाया सार्कीको वार्षिकी श्रद्धान्जली कार्यक्रम सम्पन्न

माघ १७ सिन्धुली ।
सिन्धुली जिल्लाको ग्वालटारमा नेकपा (क्रान्तिकारी माओादी)को इलाका सल्लाहाकार मानमाया सार्कीको वार्षिक तीथीको कार्यक्रम माघ १७ गते इलाका सेके्रेटरी उमेश मिजारको सञ्चालनमा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओादी)पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जीवन र अन्य अतिथिमा इन्जार्च सुवर्ण र इलाका इन्चार्ज अर्जुन थापाको उपस्थितिमा सम्पन्न भएको छ ।


मनमायाँ सार्कीले श्रृषि आजादको पालादेखि कम्युनिस्ट पार्टीमा सहभागी भै पछिल्लो अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी)को इलाका सल्लाहकारको भूमिका नीर्वाहा गर्दै आउँदा गत वर्ष ०७६ पौष २८ गते निधन भएको र २०७७ पौष १७ गते वार्षिक तीथिमा उहाँलाई श्रद्धान्जली अपर्ण गरिएको हो । उहाँको माइलो छोरा गोपाल सार्कीको छोरा उहाँको नाती ध्रुव सार्कीको महान जनयुद्धमा सहादत भएको थियो भने उहाँको २ छोरा क्रान्तिकारी माओवादीमा सक्रिय हुनुहुन्छ । कविन्द्र इलाका र गोपाल गाउ कमिटिी सदस्य र अन्य २ छोरा सामान्य जीवन विताउनु भएको छ । जिल्ला इन्चार्ज जीवनले उहाँलाई श्रद्धान्जली अपर्ण गर्दै नेपाली सर्वहरावर्गीय क्रान्तिको लागि उहाँको भूमिका अनुकरणीय भएको भन्दै वाचुन्जेल उहाँले पार्टी र क्रान्तिका लागि नेपालको एउटा उत्पीडित समुदायमा जन्मेर समाज रुपान्तरणका लागि ठूलो योगदान पुराएकावारे उहाँको संक्षिप्त परिचय दिनु भयो । क. मानमाया सार्कीको जन्म १९८४ जेठ २५ गते भएको र उहाँको मृत्यु २०७६ पौष २८ गते भएको थियो ।