क्रान्तिकारी युवा लीग रुपन्देहीमा नयाँ नेतृत्व

संसदीय ब्यवस्थाको बिरुद्ध प्रर्दशन

प्रकाशित मिति : २०७७ माघ १७

- राजु भुजेल

रुपन्देही – क्रान्तिकारी युवा लीग रुपन्देहीको जिल्ला भेलाले हरि थापाको अध्यक्षतामा १५ सदस्सीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष दर्शन गुरुंग, सचिवमा सिता थापा, सहसचिवमा किशोर पौडेल, कोषाध्यक्षमा राजन सुनार र सदस्यहरुमा दिनेश चापागाई, निरु पुन , छवि राना, रियाज आलम, यज्ञ काफ्ले, जागृत खड्का , किसन थापा ,मिलन भुजेल, बालकृष्ण थारु, समिर पोखरेललगायत चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अथिति नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले नयाँ जनवादी क्रान्तिका लागि युवाहरु संगठित हुनुपर्ने बताए । उनले संसदीय ब्यवस्थाको आयु पुगेको चर्चा गर्दै युवाहरुले क्रान्तिको नेतृत्व लिनुपर्ने जनाए ।
कार्यक्रममा क्रान्तिकारी युवा लीगका लुम्बिनी प्रदेश सचिव प्रगति राना मगरले युवाहरु दुई प्रकृतिका रहेको उल्लेख गर्दै क्रान्तिकारी युवाहरु अन्य युवाहरु भन्दा फरक भएको बताए ।

कार्यक्रममा जिल्ला पार्टी सेक्रेटरी बिनोद मरासिनी , क्रान्तिकारी टे«ड युनियन महासंघका चन्द्र प्रसाद पोखरेल , दिलबहादुर चुदारा , कमला गौतम अखिल क्रान्तिकारीका जिल्ला संयोजक संगम थापा , देजमोका पदम थापालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम राजु भुजेलको संचालनमा भएको थियो ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी )ले संसदीय ब्यवस्थाको बिरुद्ध रुपन्देहीमा प्रर्दशन गरेको छ । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदी , क्रान्तिकारी युवा लीगका प्रदेश सचिव प्रगति राना मगर र जिल्ला पार्टी सेक्रेटरी विनोद मरासिनीले सम्बोधन गरेका थिए ।