नेकपा(क्रान्तिकारी माओवादी) गोकर्णेश्वर नगर कमिटि र जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च ३ न प्रदेस समिति व्दारा सयुक्त रूपमा आयोजित बिरोध सभा सम्पन्न

नेकपा(क्रान्तिकारी माओवादी) गोकर्णेश्वर नगर कमिटि र जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च ३ न प्रदेस समिति व्दारा सयुक्त रूपमा आयोजित बिरोध सभा सम्पन्न


माघ १६ गोकर्णेश्वर काठमाण्डौ ।
नेकपा (क्रान्तिकारी माओवादी) गोकर्णेश्वर नगर कमिटि र उक्त पार्टीसंग सम्बद्व जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च ३ न प्रदेस समिति व्दारा सयुक्त रूपमा आयोजित बिरोध सभा काठमाण्डौको जोरपाटिमा सम्पन्न भएको छ । कार्यक्रममा बक्ताहरूले बोल्दै बर्तमान सत्ता र ब्याबस्था नै असफल भएकाले यसको बिकल्प सङघिय जनगणतन्त्र अबको नयाँ बिकल्प भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेताहरूले स्थानिय स्तरमा नगर प्रहरीले ठेलगाडा मजदुरहरूमाथि अनाबाश्यक धरपकट गर्ने गरेकोमा अव आइन्दा त्यसो नगर्न समेत आग्रह समेत गरेका थिए ।
यदि गरिब किसान र मजदुरहरूमाथि धरपकट गर्नुको सट्टा बैकल्पिक ब्याबस्था निर्माणका लागि पहल गर्न आग्रह गर्दै यदि धरपकट जारि रहे प्रतिरोधका लागि तयार रहन आग्रह गरेका छन् ।


सम्पर्क मञ्चका ३ न प्रदेश संयोजक अर्जुन बोगटिको अध्यक्षतामा भएको सभामा काठमाण्डौ जिल्ला ईन्चार्ज क सरू, जिल्ला सेक्रेटेरी क खगेन्द्र सम्पर्क मञ्चका संयोजक बिष्णु खडका, नगर सेक्रेटरी ढोग प्र अधिकारी, सम्पर्क मञ्च १ प्रदेश संयोजक गणेश घिमिरे, अखिल क्रन्तिकारीका माहासचिब पेशल दाहाल लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम सयौको सङख्यामा अन्य नेता, कार्यकर्ता तथा जनताहरूको सहभागिता रहेको थियो ।


उक्त कार्यक्रमको सञ्चालन नगर सेक्रेटेरी उमेश लामाले गरेका थिए ।