सांस्कृतिक क्रान्ति—२

प्रकाशित मिति : २०७७ श्रावण २७

- रामबहादुर बुढा‘राजन’ 

दक्षिण अफ्रिकाको जंगलमा पाइने एक बाँदरको प्रजाती ढेडु बाँदरहरू आज पनि बनजंगलमा हुल बाँधेर एक जंंगलबाट अर्को जंगलतिर हिडेको प्रशस्त देख्न पाइन्छ । त्यस मध्यको जुन बाँदरहरू फरक मत राख्न सक्ने अवस्थामा पुगे र जंगल छोडेर बेशीतिर झर्ने क्रममा मैदानतिर घुम्न थाले । यसै क्रममा क्रमशः ति ढेडुबाँदरहरू विकसित हुँदै मानव बन्दै गए । उनीहरू हुँलभित्र पनि विभिन्न कविलाहरूमा बाँधिएर बस्न थाले । ती कविलाहरूमा पनि एक अर्काको सुख दुःख र भावना बुभ्mने प्रयास गर्न थाले त्यही एक अर्कालाई बुझ्ने कोषिसका क्रममा विभिन्न ठाउँमा विभिन्न भाषा र शैलिको विकास हुँदै गयो । त्यसैले आज संसारभर भिन्न भिन्न भाषा, भेषभुसा, संस्कार संस्कृतिको विकास भएको पाइन्छ । विभिन्न राष्ट्रमा भएको भाषा, भेषभुसा, खानपान, संस्कार संस्कृति नै त्यस राष्ट्रको राष्ट्रियता हो । कुन राष्ट्र कति सफल या असफल भन्ने कुराको निश्चत त्यस देशको राष्ट्रियताले निधार्नरण गर्दछ । विशेष गरि राष्ट्रियता संस्कृतिमा आधारीत हुन्छ । पुरानो संस्कृतिलाई रुपान्तरण गरि प्रगतिशील र वैज्ञानिक बनाउँदै लैजानु नै सांस्कृतिक क्रान्ति हो । (नोट ः यो प्रसिद्ध वैज्ञानिक चाल्स डार्विनको क्रमविकासको सिद्धान्तमा आधारीत विस्लेषण हो ।)
उनीहरू आदिम साम्यवादबाट क्षेत्रियतावाद हुँदै आज विश्वव्यापिकरणको युग सम्म पुगेका हुन् । यसै क्रममा आ–आफ्नो क्षेत्र तय गर्ने क्रममा विभिन्न राज्य, साम्राज्य वा गणराज्य आदि नामबाट क्षेत्रफल ओगटेर त्यस क्षेत्रमा फरक राजनीतिक सत्ता संचालन गर्दै आएको कुरा जगजाहेर छ । एक राज्य र अर्को राज्यको झगडा(युध्द) त्यही सीमा कै कारणले हुने भएकोले प्रत्येक राज्यले आफ्नो सीमा रक्षाका लागि सेना र आन्तरिक सुरक्षाका लागि प्रहरी बनाउने गरेको हुन्छ । एउटा राज्य र अर्को राज्यका विचमा टक्राप हुने र सम्झौता हुने प्रकृया चलि नै रहने गरेको छ । कमजोर सैन्य शक्ति हुने राज्यलाई मजबुत शैन्य शक्ति भएको राज्यले कब्जा गर्ने नीति पनि राजनीतिको एक अभिन्न अंग नै हो । प्रायः कमजोर राज्यहरूले अर्को राज्यसँग एक प्रकारको सहमति गरेर वा मित्रताको माध्यमबाट आफु सुरक्षित हुने गरेको इतिहास छ । तसर्थः राज्य राज्य विचको टक्राप हुँदा महासंग्रामहरूमा हजारौं सैनिकहरू र सर्वसाधारण मारिने गर्दछन्, हजारौं भौतिक संरचनाहरू ध्वस्त पारिन्छन्, चल अचल सम्पत्ती कब्जा गर्दै पूर्व शासकलाई मारिन्छ वा बन्दी बनाईन्छ । हामीले आज एक भयानक इतिहास पढ्छौं सन १९४७ अगस्त ६ मा अमेरीकाले जापानको हिरोसीमामा लिटिलब्याय र नागासाकीमा विग गाई नामको प्रमाणु हमला गरेको थियो । हजारौं मानिसहरू मारिएका थिए भने त्यतिकैको संख्यामा घाइते भएका थिए । आज सम्म पनि त्यो ठाउँमा कार्वन भन्दा अरु केही छैन भने जीवजन्तुहरू पनि लुला लंगडा जन्मने गरेको अवस्था छ । यो सबै क्षेत्रियतावादी सांस्कृतिका कारण हुन गएको हो । ( नोट ः यो इतिहासमा आधारीत विश्लेशन हो । )
अर्को यस्तै विश्वमा अधिभुतवादी शिलशिला त्यसमा त्रिलोकीय काल्पनीक सत्यहरूमा आधारीत भएर त्यसको विश्लेशन गर्ने गरेको पाईन्छ ति हुन स्वर्गलोक, मत्र्यलोक र पाताल लोक । जसको विश्लेशन मत्र्येलोकमा बसेर गरिएको हुन्छ । किनकी मत्यलोक भनेको अर्को शब्दमा नरक हो । नर भनेको मानिस र लोक भनेको ठाउँ मानिसहरू बसिरहेको लोक भन्ने अर्थमा बुभ्mनु पर्ने हुन्छ । अधिभुतवादमा नरक नै मात्र धु्रव सत्य हो । यस अर्थमा यो अधिभुतवादी विधामा गणितिय हिसाब लगाउँदा दुई तिहाई झुटो हुन्छ भने एक तिहाई यथार्थ(साँचो) हुन्छ । जुन यथार्थमा बसेर त्यो सबै सुत्रादी र शास्त्रादी हुँदै दर्शन निर्माण गरेको पाईन्छ । जसमा ईश्वरवाद र प्रेतवाद नै मुख्य हुन । संसारका प्राय सबै देशहरू यो ईश्वरवाद र प्रेतवादमा आधारीत छन् । यसै आधारमा राज्यहरू चलेका छन् । आज पनि संसारको शक्तिशाली राष्ट्र अमेरीकाको राष्ट्रपतिले बाईबलको कसम खाएर सपथ लिने चलन छ । भारतीय राष्ट्रपतिले पनि बेद पुराणको कसम खाएर सपथ ग्रहण गर्ने चलन रहेको थियो । यस्तै प्रत्येक देशले आ–आफ्नो धर्मग्रन्थको सपथ लिने चलन छ । युग बदलियो संचार र यातायातले मानिसलाई विश्वव्यापीकरण गर्दै गयो । यो विश्वाव्यापिकरण्को युगमा मानिसहरू एक देशबाट अर्को देशमा र एक संस्कृतिबाट अर्को संस्कृतिको नजिक पुग्ने क्रममा एकले अर्काको संस्कृतिलाई हेलाहोचो गर्ने र आलोचना गर्ने क्रम बढेसँगै यसबाट धार्मीक विभेद सृजना हुँदै जान थाले सबैले आ–आफ्नै ईश्वरका वा अन्य कुनै नाम दिएर मान्ने चलन रहेकै थियो । तेरो ईश्वर भन्दा मेरो ईश्वर राम्रो भन्ने तेरो धर्म भन्दा मेरो धर्म राम्रो भन्दा भन्दै आखिरमा दोश्रो विश्वयुध्द भयो । अकल्पनीय क्षेति भएपछि संसारका मानिसहरू धर्मलाई फरक ढंगले विश्लेशन गर्न थाले धार्मीक सहिष्णुताको प्रसंग उठे । ईश्वर सबैको एउटै हो गन्तब्य सबैको स्वर्ग हो बाटो मात्र फरक हो भन्ने जस्ता धारणाहरूबाट विवादलाई सन्तुलन गर्दै बुद्धिजिवीहरू समाजमा ब्यापक सन्तुलित विचारको प्रसार गर्न थालेपछि विस्तारै युध्दको नशाबाट समाजलाई वाहिर ल्याउन सफल भएको अवस्था जगजाहेर छ । ‘‘अल्हा ईश्वर तेरे नाम सबको सन्मती दे भगवान” भन्ने जस्ता सन्तुलित भजनहरू धार्मिक स्थलहरूमा बज्नाले पनि अझ बढी सन्तुलन कायम हुँदै गएको पाईन्छ ।
त्यसैले हामी आज पनि दुई तिहाई असत्यमा आधारीत भएको कारणले कहिल्यै पनि गन्तब्यमा पुग्न सक्दैनौं । हामी भाग्यवादी कोरा काल्पनीक चिन्तनले ग्रस्त छौं त्यसैले अन्धविश्वास र रूडीवादको भुलभुलैयामा गन्तब्य विहिन यात्रा बेहोसमा गरिरहेका हुन्छौं । सोचे जस्तो हुँदैन भाग्यलाई दोष लगाउँछौं, एकान्तमा बसेर भगवानसँग गाली ग्लोज गर्दै बसेको दृश्यहरु पनि प्रशस्त देख्न पाइन्छ । खड्को पड्को हेराउँछौं, दोलोबेदो गर्छाैं तर हामी झन असफल हुँदै गएका छौं । बाईबलले शिर ठोकाउँछौं अनावश्यक एकान्तमा बसेर नभएको भगवान सँग प्रार्थना गर्दै समय खेर फाल्छौं विहानै ठुलो ठुलो स्पिकरहरू अग्लो अग्लो ठाउँमा राखेर सबैको निद्रा हराउने गरि चिच्याउँछौं सकि नसकी भेट बली चढाएर धनको नाश गर्दछौं । निधारलाई छाला कालो हुने गरि भुईमा ठोकेर के के मागिरहन्छौं तर केही पाउँदैनौं । बरु अमुल्य समय गुमाउँछौं, भएको पुँजी गुमाउँछौं त्यो भन्दा ठुलो प्रकृतिले दिएको अदभुत मानसिक क्षमतालाई कमजोर बनाउँदै जान्छौं । त्यसैले प्रसिद्ध भौतिकवादी दार्शनीक गौतम बुद्धले भन्नु भएको छ,‘‘तिम्रो शान्तिको लागि ईश्वर र प्रेतवादमा नफस यसले तिम्रो चिर हरण गरिदिनेछ । यी दुईटै झुट र छलकपटका नाम हुन ।’’ त्यसैले हामीले अब हाम्रो समाजमा २ भाग असत्य सांस्कृतिलाई क्रमशः घटाउँदै र १ भाग सत्य र न्यायपूर्ण संस्कृतिको क्रमशः विकास गर्दै लैजाने नै सांस्कृतिक क्रान्तिको मक्सत हुनेछ । ( नोट ः यो विभिन्न अधिभुतवादी र्दर्शनहरू आधारीत विश्लेशन हो ।)
संसारमा हाल सामान्यतया आर्य, नेग्रो र मंगोल गरि ३ प्रजातीका मानिसहरू छन् । आर्यहरूमा होरिजेन्टल सोसाइटीको विकास भएको पाइन्छ । जसको कारण तुलनात्मक रुपमा आर्य समूदायका मानिसहरू छली, कपटी र गफाडी हुने गरेको प्रशस्त उदाहरणहरू पाइन्छ । त्यसैले माक्सवादले दक्षिण एशियामा ब्राम्हानवादको चर्को विरोध गरेको पाइन्छ । किनकी यो त्यही २ भाग असत्य कुराबाट प्रभावित सोसाईटी भन्दा अतियुक्ति नहोला । जसमा निर्णय अनुसारको काम हुदैन विश्लेशनात्मक र विशिष्टीकरण बढी गरिन्छ तर सामान्यीकरण(जनवादीकरण) र प्रयोग प्राय शुन्य हुन्छ जसको कारण परिणाम पनि शुन्य हुनेहुन्छ । अमेरीकाका पूर्व राष्ट्रपति वाराक ओवामा सामान्य ट्रलीमा सामान ओसारपसार गर्न लाज मान्दैनन यो पनि संसारमा घट्ने विरलै घटना मध्य एक मानिन्छ किनकी उहाँको वर्गश्रोत भर्टिकल सोसाइर्टी हो । त्यसैगरि चाइना क्युवा जस्ता राष्ट्रहरूमा भर्टिकल सोसाइटीको विकास भएको जुन राज्यहरू सहजै सफल हुन्छन् किनकी पारित निर्णयहरूको पुरै प्रयोग गरिन्छ र परिणाम सतप्रतिशत लिने कारणले गर्दा यी राष्ट्रहरू सफल भएका हुन । त्यस्तै नेपालमा एउटा भर्टिकल सोसाईटीमा जन्मीएकाल हुर्कीएका सामान्य कर्मचारी कुलमान घिसिङले नेपालमा भएको १४–१८ घण्टा लोडसेडिङ हटाउन सफल भएको घटना तपाई हाम्रा सामु जगजाहेर छ । उहाँलाई यो समाजले प्रशंसा गर्नुको सट्टा उहाँले गरेको कार्यको निर्लज्जता पूर्वक विरोध गर्ने र उहाँमाथि विभिन्न प्रकारका षड्यन्त्रहरू रच्ने, कार्टलिङ्ग गर्ने जस्ता दुश्प्रयास हुनुले यो देशको भविश्य कतातिर भन्ने कुराको संकेत गर्दछ । पहिलेपहिले आधि रातमा सबै सुतेको बेला ठुलाठुला दुर्घटनाहरू हुने गर्दथ्ये । आज भोली दिनदाहारै हत्या, बलात्कार, तस्करी सीमा अतिक्रमण आदि दिन २ गुणा रात चौगुणाको दरले बढोत्तरी भइरहेका छन् । तसर्थ ः राष्ट्रघात, जनघात र भ्रष्टाचारको शिलशिला एकपछि अर्को गरि अगाडी बढीरहेको छ । एउटा राष्ट्र सफल हुनको लागि सांस्कृतिले ठुलो महत्व राख्दछ । त्यसैले नेपालको मुक्तिका लागि परिवर्तनको पहिलो कदम सांस्कृतिक रुपान्तरण नै हुन जान्छ । ( नोटः यो विश्लेशन कुनै धर्म, जात वा राजनीतिबाट उद्देलित भएर गरिएको हैन। यदि त्यसो पर्न गएमा संयोग मात्र हुनेछ । ) सांस्कृतिक क्रान्ति जिन्दावाद ! (क्रमशः सांस्कृतिक क्रान्ति – ३ आउदैछ )