नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय इन्चार्ज केश बहादुर परियारद्धारा प्रेस वक्तव्य जारी

संयुक्त राजनीतिक दलित संघर्ष समितको प्रदर्शमाथि भएको प्रहरी ज्यादतिको विरोध तथा निन्दा र भत्सना

प्रकाशित मिति : २०७७ जेष्ठ १८
 
 

जेष्ठ १८ काठमान्डौ,
आज जेठ १८ गते माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेताहरु, कार्यकर्ताहरु र उक्त कार्यक्रममा ऐक्यबद्धता जाहेर गर्न पुग्नु भएका सयौ न्यायप्रेमी जनता उपस्थित भएको कार्यक्रममाथि प्रहरीले निर्मम दमन गरेको छ । उक्त प्रहरी दमनको नेपाल दलित मुक्ति  मोर्चाका केन्द्रिय इन्चार्ज केश बहादुर परियारले प्रेस  वक्तव्यमार्फत ज्यादतिको विरोध तथा निन्दा र भत्र्सना गरेका छन् । प्रेस वक्तव्यको पूर्ण विवरण तल दिइएकोछः
प्रेस वक्तव्य
 पश्चिम रुकुममा गत जेष्ठ १० गते भयको नरसंहारकारी घटनाको विरोधमा आज जेष्ठ १८ गते आइतबार माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेताहरु, कार्यकर्ताहरु र उक्त कार्यक्रममा ऐक्यबद्धता जाहेर गर्न पुग्नु भएका सयौ न्यायप्रेमी जनता उपस्थित भएको कार्यक्रममाथि प्रहरीले निर्मम दमन गरेको छ । आइतबार माइतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समितिले गरेको विरोध प्रदर्शनमाथि प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दा संयुक्त राजनीतिक दलित संघर्ष समितिका नेता तथा नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं ३ नं. प्रदेश संयोजक टेकबहादुर विक, संयुक्त दलित अधिकार मञ्च,नेपालका महासचिव दुर्गा बराईली सहित ४ जना साथिहरु सख्त घाइते हुनु भएको छ भने विरोध कार्यक्रममा ऐक्यबद्धता जाहेर गर्न पुग्नु भएका मजदुर नेता बसन्त बोगटी सहित विभिन्न सङ्गठनमा आवद्ध नेता तथा कार्यकर्ता र सयौं समर्थक जनता घाइते हुनु भएको छ । राज्य पुरै फाँसिवादी शैलिमा उत्रेको छ ।
हाम्रो संगठन यस प्रकारको नृशंस दमनको घोर विरोध तथा निन्दा र भत्सना गर्दछ । रुकुम चौरजहारी हत्याकाण्डको निस्पक्क्षे छानबिन गर, हत्याराहरुलाई कारबाही गर, पिडितहरुलाई क्षेतिपुर्ति दे, शान्ति सुरक्षाको ब्यबस्था गर लगायतका नाराहरु लगाउँदै सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेता कार्यकर्ताहरुको आन्दोलनलाई तितरबितर पार्न पानीका फोहरा समेत प्रयोग गरिएको थियो । उता पश्चिम रुकुममा दलित युवाहरुलाई सामुहिक नरसंहार गरिएको छ भने यता राजधानीमा न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनतामाथि प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दै २–३ किलोमिटर परसम्म लखेटी लखेटी मरणासन्न हुनेगरी घाइते बनाएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममाथि प्रहरीले गरेको फासिवादी दमनको विरोधमा र सम्पुर्ण उत्पीडित दलित जाती र समुदायको मुक्तिको पक्षमा हुने आन्दोलनमा सम्पूर्ण न्यायप्रेमी देसभक्त जनसमुदायलाई ऐक्यबद्धताको लागि अपिल गर्दछा । साथै, सरकारसंग घाइतेहरुको निशुल्क उपचारको माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
मिति स् २०७७। २ । १८ गते
केश बहादुर परियार
केन्द्रिय इन्चार्ज
नेपाल दलित मुक्ति मोर्चा