संयुक्त दलित संघर्ष समितको प्रदर्शमाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध

संयुक्त दलित संघर्ष समितको प्रदर्शमाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध

काठमाडौं । आइतबार माइतीघर मण्डलामा संयुक्त दलित संघर्ष समितिले गरेको विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले जारी गरेको वक्तव्यमा प्रहरी दमनमा घाइते भएका दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य टेकबहादुर विक, दलित अधिकार मञ्चकी दुर्गा बराइली लगायत घाइतेहरुको निःशुल्क उपचार गर्न पनि सरकारसित माग गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “आज जेठ १८ गते काठमाण्डुको माइतिघर मण्डलामा रुकुम–जाजरकोट हत्याकाण्डकोे निष्पक्ष छानवीन गर, दोषीलाई कारबाही गर, पीडितलाई क्षतिपुर्ति दे जस्ता मागहरु लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा ओली सरकारले निर्मम दमन गरेको छ । पुलिस प्रशासनले गरेको अन्धाधुन्ध लाठीचार्जबाट संयुक्त दलित अधिकार मञ्च नेपालका महासचिव दुर्गा बराइली, दलित मुक्ति मोर्चा नेपालका सचिवालय सदस्य टेक बहादुर वि.क. लगायत विभिन्न सङ्गठनमा आवद्ध नेता तथा कार्यकर्ता सहित सयौं समर्थक जनता घाइते हुनु भएको छ । हाम्रो पार्टी ओली सरकारले गरेको यस प्रकारको नृशंस दमनको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै, सरकारसंग घाइतेहरुको निशुल्क उपचारको माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । ”