संयुक्त दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीको निर्मम दमन, नेता टेकबहादुर विक लगायत आधा दर्जन घाइते

संयुक्त दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीको निर्मम दमन, नेता टेकबहादुर विक लगायत आधा दर्जन घाइते


काठमाडौं । रुकुम नरसंहारको विरोधमा सडक प्रदर्शनमा उत्रिएका संयुक्त दलित संघर्षको कार्यक्रममाथि प्रहरीले निर्मम दमन गरेको छ । आइतबार माइतीघर मण्डलामा संघर्ष समितिले गरेको विरोध प्रदर्शनमाथि प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दा संयुक्त दलित संघर्ष समितिका नेता तथा नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चाका ३ नं. प्रदेश संयोजक टेकबहादुर विक लगायत ४ जना दलित नेताहरु घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको विरोध कार्यक्रममा ऐक्यबद्धता जाहेर गर्न पुगेका मजदुर नेता बसन्त बोगटीले जानकारी दिए ।


रुकुम चौरजारी हत्याकाण्डको हत्याराहरुलाई कारबाही गर लगायतका नाराहरु लगाउँदै सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेता कार्यकर्ताहरुको आन्दोलनलाई पानीका फोहरा समेत प्रयोग गरिएको थियो । आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेपछि प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गरेको थियो । संयुक्त दलित संघर्ष समितिको कार्यक्रममाथि गरिएको प्रहरी दमनलाई फासिवादी दमन भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ ।