क्रान्तिकारी पत्रकार महासंघबाट जैसी निस्कासित

क्रान्तिकारी पत्रकार महासंघबाट जैसी निस्कासित


काठमाडौं । संगठनका विरुद्ध विधान विपरीत कार्य गरेको भन्दै क्रान्तिकारी  पत्रकार महासंघले संगठनका केस लोकराज जैसीलाई साधारण सदस्य समेत नरहने  गरी निस्कासित गरेको छ ।

महासंघका महासचिव रामकुमार श्रेष्ठले एक वक्तव्य जारी  गरी एउटा क्रान्तिकारी, परिवर्तनको पक्षमा आवाज उठाउने पत्रकारहरुको साझा संस्थाको विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने, भ्रम सिर्जना गर्ने, संगठनका विरुद्ध गुटबन्दी गर्ने तथा संगठनको विधान विपरीत गएर कार्य गर्ने गरेको पाइएकोले क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीलाई आजकै मितिदेखि संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।