
पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेशको आयोजनामा नेता श्रीनाथ अधिकारी‘श्याम’को श्रद्धाञ्जली सभा आइतबार पोखरामा सम्पन्न भएको छ । पार्टीका स्थायी समितिका सदस्य सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जलीसभाको अध्यक्षता नेता चन्द्रहरि सुवेदी र सञ्चालन नेता केशबहादर परियारले गरेका थिए ।
कार्यक्रममा प्राध्यापक, साहित्यकार, कलाकार लगायत क्रान्तिकारी माओवादी लगायत अन्य वामपन्थी पार्टीका नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।