मकवानपुरमा क्रान्तिकारी युवा लिग, नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा विसाल र्यालीले सहर परिक्रमा गर्दै

प्रकाशित मिति : २०७६ असार ६

मकवानपुर । क्रान्तिकारी युवा लिग, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र शुक्रवार हेटौडामा भव्यताका साथ सम्पन्न भइरहेको छ । लिगको प्रथमसम्मेलनमा सहभागी हुन हेटौडा पुगेका नेता तथा युवाहरुको बिशाल जुलुशले हेटौडा बजारको बिभिन्न भागहरुमा नारा जुलुशसहित नगर परिक्रम गरिसकेको छ ।

नगरपरिक्रमा पछि उद्घाटन हलमा प्रवेश गरेको यो ऐतिहासिक विसाल युवा सहभगितालाई स्थानीय जनताको पनि साथ सहयोग रहेको छ ।

र्यालीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, क्रान्तिकारी माओवादी प्रदेश नम्बर ३ का सचिव दिनेश शर्मा, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाशलगायत अरु विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा नेताहरुको सहभागिता रहेको छ।

शहरी विद्रोहको रणनीति लिएको नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग नेपालको यो पहिलो सम्मेलन हो ।

नेकपा (क्रान्तिकारी माओवादी) बाट नेत्र विक्रम चन्द विप्लवको एक समूह र रामबहादुर थापा बादलको अर्को समूहको बहिर्गमनपछि भएको युवाहरुको यो सम्मेलन आफैमा भव्य र ऐतिहासिक हुन पुगेको छ ।