वेष्ट एन्डिज एक युनियन टिम

प्रकाशित मिति : २०७६ जेष्ठ २३

काठमाडौं । आईसीसीका वान डे र टी–२० विश्वकपको उपाधिसमेत जितिसकेको वेष्ट इन्डिज धेरै देशहरुको सामूहिक टिम हो । यो निकै प्रशिद्ध छ । वेस्ट इन्डिज क्रिकेट टिमबारे जानकारी धेरैजसोले राख्छन् । तर देश खोज्यो भने वेस्ट इन्डिज देश कतै पनि पाइँदैन ।

क्रिकेट जस्तै क्यारेबियन देशमा फुटबल पनि लोकप्रिय छ । तर, क्रिकेट खेलमा मात्र उनीहरु एकजुट हुने गरेका छन् । मेक्सिकोको पूर्वी क्षेत्रमा क्यारेबियन सागर छ । क्यारेबियन टापुको समूहमा हजारौं साना ठूला टापू छन् । यीमध्ये केवल १५ देशका खेलाडी वेस्ट इन्डिज क्रिकेट टिमबाट खेल्ने गर्छन् ।

वेस्ट इन्डिज सिंगो देश नभए पनि सन् २०१६ को टी–२० विश्वकपको उपाधि जितेर उसले एक जुट भएमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण पेस गरेको थियो । फेरी एकपटक वेस्ट इन्डिजको पुराना गौरवका दिन फर्कन सक्छन् भन्ने संकेत गरेको छ । पहिलो र दोस्रो एक दिवसीय विश्वकप जितेको वेस्ट इन्डिज तेस्रो जीतको प्रतिक्षामा छ