सशस्त्र प्रहरीद्वारा पम्प्लेट च्याती दादागिरी देखाइयो

भक्तपुर । नेवा राष्टिय मुक्ति मोर्चा, नेपालको चौथो राष्टिय भेलाको पम्प्लेट मंगलवार राती सशस्त्र प्रहरी बल भक्तपुर, सानो औद्योगिक क्षेत्रले च्यातेको छ । पम्प्लेट टाँस गर्दा सशस्त्रले सानो औद्योगिक क्षेत्रको पर्खालमा नटाँस्नु तर सडकपारी पाटीमा टाँस्नु भनेको थियो । सोही अनुसार टाँसिएका पम्प्लेटहरु धराधर च्यातेर दादागिरी देखाएको छ ।

स्रोतका अनुसार अरु पार्टीका पम्प्लेट र पोष्टरहरु जहाँको तही राखिएका छन् । ती कुनै पनि च्यातिएका छैनन् । सानो औद्योगिक क्षेत्रमा समेत अरु पार्टीहरुका प्रचार नारा तथा पोस्टरहरु बाँकी नै छन् । तर नेवा मोर्चाको पोस्टर र पम्प्लेट सबै च्यातेर फ्याँकिएको छ ।

यसको वारेमा प्रतिक्रिया दिंदै नेवा मोर्चा भक्तपुरले सशस्त्र प्रहरी बलद्वारा गरिएको गलत कामको घोर भर्त्सना गर्दै आइन्दा त्यसो नगर्न चेतावनी दिएको छ ।