देजमोद्वारा दिवंगत बाबुराम महतप्रति श्रद्धाञ्जली व्यक्त

देजमोद्वारा दिवंगत बाबुराम महतप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्ला समिति अन्तर्गत बुढानिलकण्ठ नगर समितिमा रही सक्रियरुपमा काम गर्दै आउनु भएका बाबुराम महतको यही ०७६ जेष्ठ १२ गते ६१ वर्षको उमेरमा असामयिक निधन भएको घटनाले अत्यन्त दुःखित तुल्याएको भन्दै ०३३ सालदेखि नेपालको वाम आन्दोलनमा संलग्न हुनुभएका दिवंगत बाबुराम महतप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, केन्द्रीय समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जारी गरेको शोक वक्तव्यमा शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।