च्याम्पियन बन्यो भ्याली पब्लिक स्कुल

च्याम्पियन बन्यो भ्याली पब्लिक स्कुल

काठमाडौं । अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता प्रथम माउन्ट ओलिभ कपमा भ्यालिपब्लिक स्कुलले च्याम्पियनपीप हात पारेको छ ।

मंगलबार भएको फाइनल खेलमा लुभूको भ्यालीपब्लिकले आयोजक माउन्ट ओलिभलाई २३–२५, २५–१८, २५–२० र २५–२० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्ने अवसर पाएको हो ।

ललितपुरको सानागाउँस्थित आयोजक माउन्टओलिभको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा आयोजक ‘बी’ले लुभू मा.वि.लाई २५–२०, २५–१८ र २५–२० को सोझो सेटमा हराएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिएको छ ।