‘हिमाली दर्शन’ उत्कृष्ट सिर्जना, सर्जक मोहन वैद्य‘किरण’ पुरस्कृत

‘हिमाली दर्शन’ उत्कृष्ट सिर्जना, सर्जक मोहन वैद्य‘किरण’ पुरस्कृत


दाङ । राप्ती साहित्य परिषद्ले मोहन वैद्य‘किरण’द्वारा लिखित हिमाली दर्शनलाई उत्कृष्ट सिर्जनाको रूपमा छनौट गर्दै “राप्ती सिर्जना पुरस्कार २०७५“ बाट मोहन वैद्य किरण र दिलसरी दल पुरस्कारबाट हिरामणि दुःखीलाई पुरस्कृत गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव समेत रहेका किरण र केन्द्रीय सदस्य दुःखीलाई पुरस्कृत गरेको हो ।


परिषद्ले राप्ती साहित्य पुरस्कार– गोविन्दप्रसाद कुशुम (दाङ), विष्णुनुमा पुरस्कार– विमला गौतम (दाङ), नन्दहरी पुरस्कार– भीउसन गौतम (पश्चिम रुकुम), डोमादेवी साहित्य पुरस्कार–उर्मिला लामिछाने (दाङ),ऋषिलक्ष्मी साहित्य पुरस्कार– गोविन्द पुन गिरिस (पूर्वी रुकुम), देवीचन्द्र साहित्य पुरस्कार–मित्र आभास (रोल्पा), अपामुकुन्द प्रज्ञा पुरस्कार–तारादेव शर्मा प्रदर्शन (सल्यान), गोपालचन्द्र प्रज्ञा पुरस्कार–महेश थापा आभास (प्यूठान) , गोमा देवकोटा स्मृति कला पुरस्कार–देवकला बस्नेत (दाङ), हरिप्रसाद पाण्डे मीना पाण्डे कला साहित्य पुरस्कार– गोकुल चौधरी (दाङ), खोविलाल हुकुमादेवी छन्द पुरस्कार– कृष्ण बहादुर डाँगी (दाङ), पण्डित कपिलमुनि भक्तकुमारी पुरस्कार– प्रवल बिष्ट (दाङ), पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार–रामगोपाल यादव (दाङ), तिलका तुल्सीराम स्मृति पुरस्कार–डा.गोपिन्द्र पौडेल (प्यूठान), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार–दीपेन्द्र उपाध्याय (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार–गुरुप्रसाद शर्मा रेग्मी (दाङ)लाई प्रदान गरेको छ ।

परिषद्ले पुरस्कार संस्थापक चन्द्रप्रकाश देवकोटा, प्रा.स्थानेश्वर गौतम, साहित्यिक संस्था भेरी साहित्य समाज बाँके र राप्तीपोष्ट राष्ट्रिय दैनिक घोराही दाङलाई सम्मान समेत गरेको थियो ।