
विश्व श्रमिक तथा मजदुर दिवस भव्य रुपमा मनाइएको छ । पुँजीवादको जाँतोमा पिंधिएर १८ घण्टा काम गर्ने मजदुरहरु दिनमा जम्मा ८ घण्टा काम गर्न पाउनु पर्ने माग लिएर सडकमा उत्रिएका थिए । १८ घण्टाबाट मात्र ८ घण्टा काम गर्नुपर्ने कुरा ती पुँजीपतिहरुका लागि निकै आश्चर्यको कुरा थियो । र, उनीहरु यसलाई असंभव पनि बताउँदै आएका थिए । तर मजदुरहरु प्राणको बाजी राखेर यो माग पूरा गराउनतिर लागे । पुँजीपति र मजदुरहरुका बीचमा संघर्ष चर्किएर गयो ।
त्यतिबेलाको मजदुरहरुको संघर्षको केन्द्र अमेरिका नै बनेको थियो । भर्खरै बेलायत, फ्रान्स र अन्य युरोपियन अतिक्रमणकारीहरुको पञ्जाबाट मुक्त भएर पुँजीको विकास गरिरहेको र औद्योगिक पुँजीका रुपमा यसलाई गति दिइरहेका थिए । आन्तरिक रुपमा सामन्तवादी उत्पादन सम्बन्धका बचेखुचेका अबशेषहरु पनि मेट्दै र अन्त्य गर्दै गइरहेका बखत यस्तो खाले मजदुर आन्दोलन बनिरहेको थियो ।
मार्क्सले पुँजीवादले आफ्नै गर्भबाट उसकै चिहान खन्ने मजदुर वा सर्वहारा वर्गलाई जन्माउँछ भने झैं । अमेरिकामा बढ्दै गएको औद्योगीकरण, अति उत्पादन र श्रम शोषणले मजदुरको बिद्रोहलाई निम्त्याउन पुग्यो । १८ घण्टे शोषण पनि कम थिएन ।
यसै बेला सन् १८८४ मा अमेरिकाको सिकागो सहरमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर मजदुरहरु सडकमा ओर्लिए । उनीहरुको माग त्यहाँको सरकारले सुन्दै सुनेन । आखिर भीषण दमनमा उत्रियो । यो निकै ऐतिहासिक र अद्वीतीय थियो ।
एकातिर मजदुरहरु आठघण्टे श्रमकोमाग गरेर आनदोलनमा उत्रिरहेका थिए भने अर्को तिर विज्ञान तथा प्रविधिको विकासका कारण पुँजीपतिहरुले नयाँ नयाँ र आधुनिक मेसिनहरु जोडेर मजदुरहरुको संख्या घटाृउने र फ्याक्ट्रीबाट निकाला गर्ने गरिरहेका थिए । आधुनिक मसिनहरु जडान गरी थोरै र दक्ष मजदुरहरु मात्र छनौट गरेर राख्ने र तलव पनि अलि केही बढी दिने गरेर श्रमिक मजदुरको आन्दोलनलाई पुँजीपतिहरुले मत्थर पार्न निकै प्रयास पनि गरे ।
त्यसपछि मजदुरहरुले मसिन फोड आन्दोलन देशव्यापी रुपमा चलाए । मजदुर र पुँजीपतिको आन्दोलन आमनेसामने हुन गयो । तर सुरक्षा पहरा दिदै र केही समय मजदुमा फाटो पार्दै आनदोलनलाई तलमाथि गराउन पनि कोशिष गरे । तर पनि यो आन्दोलन रोकिएन र अघि बढि नै रह्यो । मसिनफेड आन्दोलनले त्यति सार्थकता पाउन सकेन ।
आन्दोलनले विसाल आकार र गति लिंदै जाँदा मे १ तारेखका दिन मजदुररुको लाखौं जुलुश शिकागो सहरमा भेला भयो । मे २ तारेखमा झनै विसाल भयो । थपिंदै गएर मे ३ तारेखमा अकल्पनीय रुपमा मजदुरहरु अडिग भएर आन्दोलन अघि बढाइरहे । मे ४ तारेखका दिनमा प्रतिक्रियावादी पुँजीवादी घुसपैठ भएर बम बिष्फोट गराइयो । सुरक्षाकर्मीहरुसहित केहीको घटनास्थलमा मृत्यु भयो । र, मजदुरका नेताहरुलाई धरपकड गरियो ।
तीमध्ये चार जना मजदुर नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइयो । यसबाट क्रुद्ध मजदुरहरुले खान्दोलनलाई अझै अघि बढाए, तर रोकेनन् । त्यसपछि यो मजदुर आन्दोलनले विश्वव्यापी रुप धारण गर्यो । सन् १९८९ मा एंगेल्सको नेतृत्वमा बसेको दोस्रो अन्तर्राष्ट्रियको मिटिङबाट मे १ लाई विश्व मजदुर आन्दोलनका दिवसका रुपमा मनाउने निर्णय गरियो । यसरी मइ दिवस मनाउने परम्पराको सुरु भयो । यो परम्परा कम्युनिष्टहरुले सुरु गरेपनि पछि संयुक्त राष्ट्र संघको आईएलओले यसलाई अनुमोदन गरी पुँजीपतिहरुले पनि यसलाई विश्व श्रमिक आन्दोलन दिवसका रुपमा मनाउन थाले ।
आईएलओले अनुमोदन गरेपछि यसलाई विश्वभरका पुँजीवादी राष्ट्रहरुले पनि अनुमोदन गरे र अपनत्व लिन प्रयास गरेका छन् । तर पनि यो मजदुर दिवस मूलतः मजदुरहरुको र यस अर्थमा कम्युनिष्टहरुको जितको दिवस हो ।
नेपालमा पनि अहिले लामो समयदेखि यो दिवस मनाउँदै आइएको छ । तर नेपालले कहिल्यै पनि औद्योगिक विकासको फड्को मार्न सकेन र मजदुरहरु स्वदेशमा रहेर काम गर्न पाएनन् । अहिले त यो अवस्था निकै विकराल बन्न पुगेको पनि छ ।
नेपालका किसानका छोराछोरीहरु विदेशी श्रमबजारप्रति आकर्षित हुँदै गएका छन् । नेपालले आफूले करीब २६ लाख श्रमिकहरु विदेशमा गएको आँकडा प्रस्तुत गरे पनि अनौपचारिक रुपमा त्यसको ठीक डबल ५२ लाख श्रमिकहरुले विदेशी श्रमबजारमा काम गरिरहेको तथ्यांक जनतामा रहेको छ ।
यसका साथै जति पनि साना ठूला उद्योगहरु नेपालमा छन्, तिनमा उचित पारिश्रमिक पनि दिइको छैन । एक जना मजदुरको न्यूनतम ज्याला २२ हजार हुनु पर्नेमा सरकारले जम्मा १३४५० मात्र दिने ऐन बनाएको छ ।
(१३० औं मई दिवसका सन्दर्भमा व्यक्त विचारको सम्पादित अंश)































