पढ्नैपर्ने दुई पुस्तक : ‘मार्क्सवादको हाते पुस्तक’ र ‘सौन्दर्यको अन्वीक्षण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य समेत रहेका लेखक इन्द्रमोहन सिंग्देल‘बसन्त’ले लेखेका हुन् भने दोस्रो पुस्तक सुपरिचित बरिष्ठ साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारीले लेखेका हुन् ।
इन्द्रमोहन सिग्देलद्वारा लिखित ‘मार्क्सवादको हाते पुस्तक’ शीर्षक रहेको कृतिमा मार्क्सवादका तीन संघटक अङ्ग तथा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे सरल र सरस भाषामा प्रकाश पारिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले पुस्तकको भूमिकामा लेखेजस्तै ‘यसले मार्क्सवादको प्रारम्भिक अध्ययन गर्न, छोटै समयमा मार्क्सवादबारे केही बुझ्न तथा अभिरूचि जगाउन र विस्तृत अध्ययनका लागि आधार तयार पार्न राम्रो मद्दत गर्दछ ।’

पुस्तकमा मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विभिन्न उपशीर्षकमा सूक्ष्मरुपमा तीन खण्डमा सविस्तार प्रकाश पारिएको छ । पहिलो खण्डमा ‘मार्क्सवादी दर्शन’ मूल शीर्षकमा १. दर्शन सामान्य परिचय, दर्शनको मौलिक प्रश्न, दार्शनिक सिद्धान्त, दर्शनशास्त्रका विधि, दर्शनको वर्गीय पक्षधरताको प्रश्न, दर्शनको महत्व, २. द्वन्द्वात्मक भौतिकवाद, द्वन्द्ववाद, भौतिकवाद, द्वन्द्ववादका नियम, द्वन्द्ववादका मूलतत्वहरू
अन्तरविरोध बारे, ज्ञानसिद्धान्त, सिद्धान्त र व्यवहार, ३. ऐतिहासिक भौतिकवाद, सैद्धान्तिक मान्यता, समाज विकासको ऐतिहासिक प्रक्रिया, पुँजीवादको साम्राज्यवादमा पतन, माक्र्सवादको विकास, जस्ता उपशीर्षक राखी विषयवस्तुलाई प्रकाश पार्ने काम गरिएको छ ।

त्यसैगरी खण्ड २ मा ‘राजनीतिक अर्थशास्त्र’ मूल शीर्षकमा १. सामान्य परिचय, मूल्यको श्रम सिद्धान्त, माल, मूल्य, सम्पत्ति, मुद्रा, २. अर्थतन्त्र, पुँजीवादी अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, ३. पुँजीवादी शोषण, ४. निष्कर्ष आदि शीर्षका विषयवस्तुको सरल रुपमा विश्लेषण गरिएको छ ।

र, खण्ड ३ मा ‘वैज्ञानिक समाजवाद’ मूल शीर्षकमा १. पृष्ठभूमी, २. सैद्धान्तिक पक्षः वैज्ञानिक समाजवादका विशेषताहरु, वर्गसब्घर्ष र राज्यसत्ता
सामाजिक क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद, ३. कम्युनिष्ट पार्टी, तीन जादुगरी हतियार, संगठनका रुप, संघर्षका रुप उपशीर्षकमा प्रकाश पारिएको छ ।

तेस्रो खण्डमै आम कार्यदिशा ः कार्यक्रम, नीति, योजना, महत्वपूर्ण सर्वहारावादी क्रान्तिहरु ः पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति, चीनिया नयाँ जनवादी क्रान्ति, संगठन ः राजनीतिक पार्टी, संगठनात्मक सिद्धान्त, पार्टी कार्यशैली र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ः विषयको थालनी
कम्युनिस्ट लिग, पहिलो अन्तर्राष्ट्रिय, दोस्रो अन्तर्राष्ट्रिय, तेस्रो अन्तर्राष्ट्रिय, महान बहस, रिमको गठन, माक्र्सवाद विरोधी धारहरु, सारांश आदि विषयमा पनि चर्चा गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को ३ नं. प्रदेशको स्कूल विभागले प्रकाशन गरेको यो पुस्तक कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुका लागि निकै नै उपयोगी छ ।

त्यसैगरी प्रा.डा.जगदीश चन्द्र भण्डारीद्वारा लिखित ‘सौन्दर्यको अन्वीक्षण’ माक्र्सवादी चिन्तनको आलोक र समाजवादी यथार्थवादको मान्यतामा आधारित विभिन्न समयमा लेखिएका समालोचनात्मक आलेखहरुका संकलन हो । यस पुस्तकमा इतिहास चेतना र मार्क्सवादी समालोचना, प्रगतिशीलता र प्रगतिवाद, समकालीनता र प्रगतिशील कविताका मूल प्रवृत्ति, जनयुद्ध ः कला साहित्यको प्रतिमान, साहित्यका प्रतिमान र तिनको पहिचान, सौन्दर्य आधार, समकालीन रचना र तिनका प्रवृत्ति, लक्ष्मीप्रसाद देवकोटा ः पुँजीवादी विचारधारा विरुद्ध, इच्छुकका कविता ः जनसमर र मुक्तिको कलात्मक अस्त्र, प्रगतिवादी नेपाली खण्डकाव्यको पर्यवेक्षण, ज्ञवालीका कविता ः रक्तक्रान्तिको आराधन, आमन्त्रण र अभिव्यञ्जन, त्यो नायक ः उदात्त नायकको काव्यात्मक सन्धान, आठौं महादेशमा कोलम्बस ः नयाँ याथार्थलाई सार्वभौम बनाउने सफल कविता, मार्क्सवादी दशृन ः दर्शनको दर्शन, त्रिराष्ट्रियता र प्रतिरोधको महाकाव्यात्मक उद्घोषण, नवीन सौन्दर्यका सर्जक र शास्त्रकार, पृथ्वी कसको ? विचार र लयको घुलन, बेनी स्मृति ः परिमिति सिर्जनामध्ये एक, धारिला मानिसहरु ः कविताकै सुन्दर स्थापत्य, फरक धार र अर्थात् कला र राजनीतिको फ्युजन, सुर्खेत जेलब्रेक ः नवीन मूल्यगर्भित कृति, समरका स्मृतिहरु ः महान् यात्राको सङ्कथन, खाण्डव–दाहन ः वर्ग संघर्ष र विद्रोहको काव्यात्मक अभिव्यञ्जन आदि शीर्षकमा मार्क्सवादी साहित्य तथा सौन्दर्यका विषयमा चर्चा गरिएको छ ।
मुन्नी भण्डारीले प्रकाशन गरेको यो पुस्तकको मूल्य रु.३००। रहेको छ । मार्क्सवादी साहित्य तथा समाजवादी याथार्थवादी साहित्यप्रति रुचि राख्ने सबैहरुका लागि यो पुस्तक एउटा गहकिलो खुराकको रुपमा रहेको छ ।