अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) संगठन बिस्तारमा

प्रकाशित मिति : २०७६ बैशाख ५

काठमाडौं । अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको वैठक भव्य रुपमा सम्पन्न भएको छ । बैठकले देशव्यापी संगठन बिस्तारको कार्यक्रम अघि सारेको छ ।

संगठन निर्माण र फेरि पनि संगठन निर्माण नै अहिलेको आवश्यकता रहेको कुरा औंल्याउँदै किसान महासंघले प्रदेश तथा स्थानीय स्तरमा संगठन बिस्तारको कार्यक्रम पनि तय गरेको बताएको छ ।

महासंघले महासंघीय संचनाका लागि पूरा गर्नुपर्ने आवश्यक आत्मगत र वस्तुगत तयारीहरु छिटै पूरा गरिने निर्देशन तथा कार्यक्रमहरु द्रुततामा गरिने बताएको छ ।

संगठन निर्माणका साथै स्थानीय विशिष्टतामा स्थानीय किसान संघर्षहरुसहित अन्य वर्गीय संघर्षहरु पनि गरिने महासंघले जनाएको छ ।