
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले पार्टी कार्यालय बुद्धनगरमा सम्पन्न गरेको भेलाले खोटाङ उपत्यका जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा गणेश घिमिरेलाई निर्वाचित गरेको छ । भेलाले घिमिरेको अध्यक्षतामा २१ सदस्यीय प्रथम जिल्ला सम्पर्क समिति निर्वाचित गरेको हो ।
पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक बसन्त बोगटी, पार्टीका खोटाङ जिल्ला सेक्रेटरी सुनिल चौलागाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
जिल्लाबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई मञ्चले संगठनमा आवद्ध गराउँदै आएको छ । यस अघि मञ्चले सालुखुम्बु उपत्यका, ओखलढुंगा उपत्यका लगायतका जिल्लाहरुको भेला भव्य रुपमा सम्पन्न गरिसकेको छ ।































