देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो नेता कमरेड हर्कबहादुर शाहीको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । शाहीले दमलगायतका विभिन्न दीर्घ रोगहरुको उपचार गराइरहनु भएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय कार्यालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा “उहाँको मृत्युबाट संगठन, कम्युनिस्ट आन्दोलन र जनताको न्यायपूर्ण संघर्षलाई अपूरणीय क्षति पुग्न गएको” बताइएको छ ।
यो अपूरणीय क्षतिको अनुभव गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले “वहाँले जीवित रहुन्जेल देश, जनता, समाज र पार्टीप्रति पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै हार्दिक सम्मान व्यक्त” समेत गरेको छ ।
ससका साथै “यस दुःखद घड़ीमा” देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शाही “प्रतिहार्दिक श्रद्धाञ्जली अर्पण गर्दै” “उहाँकाश्रीमती, छोरा, छोरी लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजन र सम्बन्धित सबैप्रति हार्दिक समवेदना व्यक्तगर्दै शोक प्रस्ताव पारित” गरेको विज्ञप्ति मार्फत् जनाएको छ ।