देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलद्वारा नयाँ वर्ष २०७६ को शुभकामना व्यक्त

प्रकाशित मिति : २०७६ बैशाख १

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मोर्चाका केन्द्रीय अध्यक्ष गजुरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ “सम्वत् २०७५मा नेपालको सन्दर्भमा नकारात्मकपक्ष नै हाबी भएको पाइए” पनि “नव वर्ष २०७६” भने “नेपाली समाजको अग्रगामी परिवर्तनका निमित्त फलदायी बनोस् भन्ने सदिच्छा प्रकट” गरिएको छ ।

नव वर्षको उपलक्ष्यमा “सम्पूर्ण नेपाली दिदीबहिनी, दाजु भाइहरुको सुस्वास्थ एवम् दीर्घायुको कामना” गर्दै स्वस्थ तथा अग्रगामी भविष्यको सिर्जना हुन सकोस् भनी चिताइएको छ ।