आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौं : ११ विद्यार्थी संगठन

प्रकाशित मिति : २०७६ बैशाख १

काठमाडौं । देशमा दुईतिहाई बहुमतकोे सरकारको फासीवादी हर्कतहरु अघि बढ्दै गर्दा ११ विद्यार्थी संगठनहरुले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभाहलमा एक भव्य कार्यक्रम सम्पन्न गरेका छन् । राजनीतिक पार्टीहरु र आन्दोलन कमजोर भएका ११ विद्यार्थी संगठनहरुले देशव्यापी संघर्ष उठान गर्ने सामूहिक प्रतिबबद्धता जाहे गरेका छन् । ११ विद्यार्थी संगठनहरुद्वारा शुक्रवार राष्ट्रिय सभागृहमा संयुक्त रुपमा आयोजित एक कायक्रममा ती सबै संगठनहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

विद्यार्थीहरु परिवर्तनका बाहक पनि भएकाले उनीहरुले केवल विशुद्ध शैक्षिक मागहरु मात्र उठाउँदैनन्, बरु परिवर्तका झण्डा उठाउँदै राजनीतिक मागहरु पनि अघि बढाउँछन् । उनीहरुका अनुसार देशमा अहिले बहुमतको सरकारको नाममा जे जस्तो राजनीतिक बेथिति देखिएको छ, त्यसको अन्त्य निकै जरुरी छ ।

विद्यार्थी नेताहरु बोल्ने क्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले राज्यले निशुल्क शिक्षामा जेड दिनु पर्ने, भूमाफिया, बिचौलिया, शैक्षिक माफिया, तस्कर, व्यापारी र दलालहरुको हातबाट राजयले शिक्षा आफ्नो हातमा लिई गुणस्तरसहित चलाउने कुरामा जोड दिए । राष्ट्रवादी विद्यार्थी संघका नेता ताराप्रसाद अर्र्यालले राष्ट्रिय स्रोत र साधनमाथि अरुको हात होइन, नेपालीको हात र पहुँच हुनु पर्ने कुरामा जोड दिएका थिए । अखिल क्रान्तिकारीका आलोक रायमाझीले वर्तमान सरकारले शान्ति सुरक्षा र अमन चयन कायम गर्नुको साटो तस्करी, भ्रष्टाचारी, र माफियागिरीलाई साथ दिई ओली सरकारले संस्थागत गरेको कुरामा जोड दिए ।

आदीवासी जनजाति विद्यार्थी नेता दुजान शेर्पाले जनजनतिका मागहरु र मान्दै आएका पर्वहरुलाई ओली सरकारले मान्यता नै नदिएकाले अब धैर्यताको बाँध फुट्ने कुरामा जोड दिएका थिए । उनले ओली सरकारका दिनहरुको ‘काउन्ट डाउन’ भइरहेको समेत बताएका थिए । समाजवादी विद्यार्थी फोरमका नेता विवेक राईले विद्यार्थी आन्दोलन जरुरी भएको, यसका लागि आफूहरु तयारी गरिरहेको बताउँदै विप्लव नेकपा माथिको प्तिबन्धले जनतामा ध्रुवीकरण ल्याइरहेकाले यो अत्यन्तै खतरातिर ढिरहेको बताएका थिए ।

अनेरास्ववियु (पाँचौं) का नेता घनश्याम बिष्टले संसदमा प्रतिपक्षको भूमिका पनि नदेखिएको र सडकमा पनि प्रभावकारी कामहरु हुन नसकेकाले अब विद्यार्थीहरु तातेर आन्दोलन अघि बढाउने कुरा बताएका थिए । अखिल नेपाल विद्यार्थी युनियनका प्रवीण मिश्रले अबको सडक विद्याथीहरुको हुने कुरामा जोड दिए । कार्यक्रममा नेकपा विप्लव निकट विद्यार्थी संगठनको शुभकामना मन्त्व्य पढेर सुनाइएको थियो ।

श्यामबाबु गौतमले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता नेविसंघका नेता ऋषिकेशजंग शाहले गरेका थिए । व्याज वितरण शिलु न्यौपाने र स्वर्णिम भट्टराईले गरेका थिए भने कार्यक्रमका अतिथिहरुमा मोहन वैद्य ‘किरण’, शेरबहादुर देउवा, ऋषि कट्टेल, गोपाल किराती, सीपी मैनाली, राजेन्द्र महतो, प्रकाशशरण महत, पूर्णबहादुर गुरुङ, चन्द्रबहादुर थापा आदि रहेका थिए ।