लोकतान्त्रिक गणतन्त्रको विकल्प नै संघीय जनगणतन्त्र हो 

प्रकाशित मिति : २०७५ चैत्र २६

- सीपी गजुरेल ‘गौरव’

देजमोले राष्ट्रिय जनआन्दोलनको अवसर पारेर राष्ट्रिय सम्मेलनको भव्यरुपमा उद्घाटन गर्दैछ । यो समग्र तयारी हेर्दा मोर्चाले नयाँ सन्देश दिन खोजेको देखिन्छ, प्रष्ट पारिदिनोस् न ।

सचेत ढंगले नै जनआन्दोलनको दिवस पारेर हमीले यो उद्घाटन कार्यक्रम गर्न थालेका छौं । हामीले एक खालको नयाँ सन्देश दिन खोजेका छौं । अहिले नेपालमा जुन खालको राजनीतिक अन्यौलता देखिएको छ । यसले जनतामा ठूलो भ्रम सिर्जना गरेको छ । यो पनि स्पष्ट पार्नु छ ।

जनताका माझमा के कुरा स्पष्ट पार्न चाहन्छौं भने लोकतान्त्रिक गणतन्त्र राजतन्त्र भन्दा एक कदम अघिको कुरा हो तर जनगणतन्त्रभन्दा पश्चगामी र प्रतिगामी नै हो । यसको मतलव हो, वर्तमान लोकतान्त्रिक गणतन्त्रको विकल्प छ, यो भन्दा अगाडि जान सकिन्छ, जाने ठाउँ छ । त्यो हो, संघीय जनगणतन्त्र । त्यसैले लोकतान्त्रिक गणतन्त्र भन्दा अघिको कुरा संघीय लोकतान्त्रिक जनगणतन्त्र हो । हामी त्यसको लागि अघि बढ्नु पर्छ । यही सन्देश हामीले दिन चाहेका छौं ।

 उद्घाटनका कार्यक्रममा मोर्चाले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै छ र ?

आन्दोलनका कार्यक्रम नै हामीले घोषणा गर्दैनौ । तर रानीतिक रुपले एउटा सचेतनामूलक कार्यक्रम भने गर्दै छौं । अब आन्दोलनको आँधीबेहरी सृष्टि गर्नु जरुरी छ । त्यसका लागि तयार भएर बस्नुपर्छ भनी हामीले जनताललाई सुसूचित गर्छौं । हामी कार्यक्रममा उपस्थिित जनतामाझ यही सन्देश दिन्छौं पनि । हामीलाई प्राप्त सूचना अनुसार जममा हुने जनताका माझमा यो सन्देश दिइने छ । यदि हामीले केही बढी साधनहरुको व्यवस्था गरेको भए यही उद्घाटन कार्यक्रममा पनि काठमाडौंमा धेरै मानिसहरु उतार्न सक्ने थियौं ।

हाम्रो सचिवालय वैठकमा सबैतिरबाट यही रिपोर्ट आएको थियो । मानिसहरु जम्मा भएर बसेका थिए । तर काठमाडौं आउने बाहनको संख्या कम भएकाले थोरै मानिस मात्र बसमा हिंडे । हामीसँग साधन नभएकाले आउने चाहना भएका मानिसहरु पनि घर फिर्ता भए । यो बीचमा आर्थिक समस्या रहन गयो ।

अहिले यो देशमा गणतन्त्र आएको छ । सबै संसदीय पार्टीहरुलाई यो व्यवस्था नै अन्तिम व्यपवस्था हो । र, हामी के भन्न चाहन्छौं भने यसको विकल्प छैन भन्ने परेको छ । जनताको यो स्थिति देखिन्छन । त्यो हामा लागि सकारात्मक कारण र कदम दुवै हो । हामीले ती सबै जनतालाई त्यही सन्देश दिन्छौं कि तपाईहरु तयार भएर बस्नुस् हामी संघर्षका कार्यक्रमहरु लिएर आउँछौं ।

त्यसपछि कामीले आन्दोलनका कार्यक्रमहरु लिएर जानेछौं । यहाँको शक्ति सन्ुलनको स्थित, राजनीतिक स्थिति र यी सबै कुराहरुलाई ध्यानमा राखेर हामी आन्दोलनको घोषणा गर्दछौं ।

तयारीका कुराहरु गर्नुभयो । प्रहरीले यो तयारीमा निकै बाधा पुर्याइरहेको छ । वालपेन्टिङ पनि गर्न नदिने, प्रचारका कामहरुमा अबरोध सिर्जना गर्ने गरिरहको छ, यसकाबीचमा तयारी कसरी हुन्छ त ?

यो अवरोधले हामीलाई कुनै पनि बाधा पुर्याएको छैन । प्रशासनलाई हाम्रा काममा बाधा पुर्याउन त निर्देशन दिइएको छ र सोका लागि परिचालन पनि गरिहेको छ, तर त्यो बाधा पन्छाउँदै हामीहरु अघि बढिरहेका छौं । परिचालित राज्य संयन्त्रका यन्त्रहरु पहिले प्रतरोध गर्ने बाधा पुर्याउने तर पछि प्रतिवाद गरिसकेपछि । माफी माग्ने र काम सुचारु गर्न दिने गरिरहेका छन् । हाम्रो मूल काममा कुनै बाधा सिर्जना गरेको देखिएको छैन ।

 मोर्चाले आफ्नो नारामा क्रान्तिकारी विकल्प भनेर उठाएका छ । यो क्रान्तिकारी विकल्प भनेको के हो ?

यो क्रान्तिकारी विकल्प भनेको परिवर्तन हने, आमूल परिवर्तन । अहिले एउटा पार्टीको बहुमत भएको सरकार छ । बहुमत पनि दुईतिहाई छ । संसदीय व्यवस्थामा भएको आवधिक निर्वाचन अनुसार त्यो सकारलाई ५ वर्षसम्म चलाउन सकिदैन । त्यसको संसदीय विकलप नै भनेको पाँच वर्षपछि फेरि त्यसलाई फाल्न संसदीय निर्वाचनमा नै जानु हो । संसदीय व्यवस्थाको परिभाषा अनुसार त्यसको विकल्प नै छैन भन्ने हो ।

अहिले देश, जनता र राष्ट्रिय स्वाभिमानका लागि यति धेरै इस्युहरु छन्, तर प्रतिपय नेपाली कांग्रेस केही पनि गर्न सकिरहेको छैन, सत्ताउन्माद छ, फासीवादी अभ्यास गर्दै गइरहेको छ । यति धेरै इस्युहरु हुँदा पनि प्रतिपक्षी दल केही पनि गर्न सकिराखेको छैन । सत्ताधारी दलको दुईतिहाई बहुमत छ तर प्रतिपक्ष नतमस्तक भएको छ ।

अहिले यो निर्विकल्प जस्तै भएको छ । विकल्पको खोजी संसदीय पार्टीहरुले गरिरहका छैनन् । के विकल्प नै छैन त ? छ, नयाँ विकल्प छ । तयो हामीहरुसँग छ । वैकल्पिक राजनीतिक शक्ति पनि छ, वैकल्पिक विचार पनि छ, वैकल्पिक लाइन र कार्यदिशा पनि छ । जनता त्यसका लागि तयार पनि छन् ।

देश र जनताका बारेमा केही पनि काम भएको छैन । यो सरकार त निर्वकल्प जस्तो भएको छ । त्यसैले हाम्रा कामहरु यसको विकल्पमा तयारी गरिनु पर्छ । यहाँ त विकल्पका नाममा यो भन्दा प्रतिक्रियावादी, यो भन्दा पश्चगामी कुरा र राजनीति विकल्प त हुन सक्दैन । त्यसकारण यसको सही विकल्प भनेको क्रान्तिकारी शक्ति हो, देशभक्त जनगणतानिन्त्रक मोर्चा हो ।

नेकपा क्रान्तिकारी माओवादी यसको विकल्प हो र क्रान्तिकारी शक्ति भन्दा अर्को यसको विकल्प हुन सक्दैन । किनभने देशलाई अग्रगमनतिर लान थालिएको छ र लैजानु पर्छ पनि । क्रान्तिकारी शक्तिका रुपमा नेकपा क्रान्तिकारी माओवादी स्थापित भएको छ । मेची महाकाली जनजागरण अभियानका रुपमा जनताका बीचमा जाँदा देशभक्त जनगणतान्त्रिक मोर्चा स्थापित भएको छ ।

वैचारिक रुपमा तयार भइसकेको यो क्रान्तिकारी शक्तिलाई आत्मगत रुपमा पनि तयार परिरहेका र्छौ । हाम्रो जोड यसैमा छ ।

नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई क्रान्तिकारी संयुक्त मोर्चाका रुपमा पनि लिइएको छ । एक मोर्चाका हिसाबले दशभक्त, प्रगतिशील तथा अन्य शक्तिहरुलाई पनि समेटेर लान सक्ने कस्तो स्थिति देख्नु हुन्छ ?

यो क्रन्तिकारी विकल्प जनाताका बीचमा अझैं स्थापित हुन बाँकी छ । यो विकल्प हो भन्नेमा सबैको मत र मन त छ, तर व्यवहारमा यसलाई क्रमशः आत्मसात् गरिरहेका छन् । यो बन्ने क्रममा छ । यदि हामी विकल्प बनिसकेका हुने थियौं भने ठूलो ध्रुवीकरण हुने थियो, हाम्रो संगठन र नाराको वरिपरि । वर्तमान सरकार विरोधीहरुको ठूलो ध्ुवीकरण हुन थियो । यतिबेला ध्रुवीकरणको प्रक्रिया देखिएसकेको हुने थियो ।

यो साच्चिको धु्रवीकरणको केन्द्र बन्छ कि बन्दैन? नबन्दासम्म सरकारको वरिपरि बसेर सुविधा दिलइरहने हो भन्ने पनि छ । यी विविध प्रवृत्तिहरु यो नै ध्रुवीकरणको केन्द्र बन्छ कि बन्दैन भन्नेमा अलमलमा छन् । त्यो समय आउन पनि अब धेरै दन छैन कि झैं लागेको छ ।

जनगणतन्त्र नै अहिलेको विकल्प हो भनिरहँदा त्यसलाई हासिल गर्ने माध्यम के हो ?

देशभक्त जनगणतान्त्रि मोर्चाले पहिले जनतालाई नै तयार गर्ने सोच बनाइरहेको छ । जनतालाई गोलबन्द गरेर जनताकै शक्तिबाट यी कामहरु गर्ने सोचमा छ । यसका लागि माध्यम जनआनदोलन र जनविद्रोह हुन सक्छ । त्यसैले यो परिवर्तन ल्याउँछ । संघर्षका थुप्रै रुपहरु हुन्छन् । सशस्त्र संघर्ष र हतियार उठाउने कुराहरु पनि यसै अन्तर्गत पर्दछन् ।

क्रान्तिकारी शक्तिले केही उपाय नलागेपछि मात्र हतियार उठाउँछ । पहिले त उसले जनताका बीचमा गएर जनसंंघर्षहरु गर्दछ । हाम्रो पनि तरिका त्यही हुने छ । जनता तयार नहुँदै हिंसाका लागि विद्रोहको झण्डा उठाइयो भने जनातले साथ दिँदैनन् । यो सिद्धिएर जान्छ । त्यसै गरी राज्यले जबर्जस्त हिंसा थोपरेमा जनता आफै सरकारका विरुद्धमा उठेर प्रतिहिंसको जवाफ दिन्छन् ।

जनताले हिंसा पनि तत्काल चाहेका छैनन् । विद्रोह गर्नु जनताको अधिकार हो । जता त्यसका लागि तयार छन् । यो भनेको जनआन्दोलन हो, जनविद्रोह ो । हामीले लडेर नै ल्याएको हो लोकतान्त्रिक गणतन्त्र पनि । यसको सीमित उपलब्धिमा टेकेर हामी अघि बढिरहेका छौं ।

देशभरबाट शहीद, घाइते तथा अपांगका परिवारहरुसहित ठूलो जनमास जम्मा गरेर विराट प्रदर्शनको तयारीमा हुनु हुन्छ । यो अवस्थामा जनतालाई कसरी आह्वान गर्न चाहनु हुन्छ ?

विगत क्रान्तिमा शहीद, अपांग, घाइते, वेपत्ता तथा आमजनताले जुन त्याग, बलिदान गर्नुभयो, त्यसको प्रतिफल प्राप्त हुन सकेन । यसका प्रतिक्रियावादी शक्ति त छदै थियो, त्यसमा पनि हाफ्नै पार्टी पंक्तिमा पनि नेताहरुले ठूलो विश्वासघात गरे । गद्दारी गरे । प्रतिक्रान्ति भयो । यो प्रतिगमनले समाजलाई पुरानै अवस्थामा फर्कायो । यस्तो अवस्थामा अबको क्रान्ति पूरा गर्न ती घाइते, योद्धा, सहिद परिवार तथा सबै जनताले अब के काम गरेमा क्रान्ति अघि ढ्ला भन्नेमा विशेष ध्यान दिनु हुने छ । उहाँहरुको उच्च चेतनाले यो सबै देख्ने छ ।

हामीले थाल्दै गरेको क्रान्तिकारी कार्यभारलाई साकार पार्न उहाँहरुले साथ दिनुहुने छ भन्ने निकै आशा राखेका छौं । उहाँहरुले विगतमा जुन योगदान गर्नुभएको छ, त्यसको बाँकी रहेको कार्य पूरा गर्न उहाँहरुले थप योगदान गर्नुपर्ने अवस्था आउन थालेको छ । । आमूल परिवर्तनको विचार लिएर हिंडेको पार्टीलाई उहाँहरुले सहयोग गर्नु हुने छ । उहाँहरुले हामीरुलाई सरसल्लाह पनि दिनु पर्छ । निश्चिततै रुपमा शहीद परिवार, घाइते तथा आपांग, योद्धाहरु तथा आम परिवर्तकारी जनतताहरुले हामीहरुलाई साथ दिनुहुने छ ।

यो सम्मेलनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बारेमा कस्तो नीति लिने छ ?

केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका बखत नै ९४–बुँदा बनाएर ज्ञापन पत्र दिएका थियौं, ती बारेमा कुनै पनि सुनुवाइ भएका छैनन् । ती सबै राष्ट्रियता जनतन्त्र जनजीविकासँग सम्बन्धित छन् । ती मागहरु पूरा गराउन हामीले आन्दोलन अघि बढाउँछौं । त्यसको कार्यान्वयनका लागि संघर्षका कार्यक्रमहरु पनि अघि बढाउँछौं ।

हामीले कामगरेको दुई वर्षको अन्तरालमा साथीहरुले केही अनुभव पनि हासिल गसिक्नु भएको छ । यसका लागि एउटा टिम तयार पनि भइसकेको छ । यसलाई हामीले अघि बढाएर हामीले विसाल टिमहरु निर्माण गर्ने छौं ।