काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य हर्कबहादुर शाहीको निधन भएको छ । आज दिउसो २ बजेर २८ मिनेट जाँदा निवासमै उहाँको निधन हुन पुगेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको ७३ वर्षमा उमेरमा निधन हुन पुगेको हो ।

हार्दिक शुभकामना !

अहिले उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ लगायत पार्टीका नेता कार्यकर्ताहरु धापासी ग्राण्डी अस्पताल निजिकै रहेको नेता शाहीको निवासमा पुग्ने क्रममा रहेका छन् ।

नेता शाही दैलेखको कम्युनिस्ट पार्टीका संस्थापक नेता, त्यागी र इमान्दार कम्युनिस्ट नेताको रुपमा परिचित छन् । नेता शाहीले कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारको वकालत गर्दै आएका थिए । उहाँको निधनबाट पार्टीलाई गम्भीर क्षति पुगेको क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर