काठमाडौं । पार्टीका पोलिटव्यूरो सदस्य हर्कबहादुर शाहीको निधन भएको खबर पाएलगत्तै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी स्थायी समिति सदस्य तथा मोर्चाका महासचिव परि थापा लगायतका नेताहरु नेता शाहीको निवास टोखा पुगेका थिए । निवासमै आयोजित संक्षिप्त श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले दिवंगत नेता शाहीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सो कार्यक्रममा उपस्थित पार्टी स्थायी समिति सदस्यहरुले नेता शाहीको पार्थिव शरीरमा माल्र्यापण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । पार्टीका कर्णाली प्रदेशका का.वा. सेक्रेटरी चक्रपाणी शर्माले सञ्चालन गरेको कार्यक्रममा परिवारका सदस्यहरुका साथै पार्टीका पिविएमहरु सागर, अटल, लालबहादुरलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

नेता शाहीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि विहान ११ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय कुपण्डोलमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि सत्ताबाहिरका कम्युनिस्ट पार्टीका नेताहरुलाई समेत बोलाइएको सम्बद्ध पार्टीले जनाएको छ । अन्तिम श्रद्धाञ्जलीको अवधि सकिएपछि भोलि नै नेता शाहीको पशुपती आर्यघाटमा अन्त्यष्टी गरिने पार्टीका केन्द्रीय सदस्य तथा देजमो कर्णालीका संयोजक दिपक शाहीले जानकारी दिए ।

नेता शाहीको आज दिउसो २ बजेर २८ मिनेट जाँदा टोखा स्थित आफ्नै निवासमा निधन भएको थियो । २००२ साल साउन १५ गते जन्मिएका हर्कबहादुर शाहीको ७३ वर्षमा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर