देजमो प्रदेश नम्बर एकको भेला भव्य रुपमा सम्पन्न

देजमो प्रदेश नम्बर एकको भेला भव्य रुपमा सम्पन्न

काठमाडौं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर एकको प्रथम प्रदेश भेला धरानस्थित गीता भवनमा विहीवार भव्यरुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । प्रदेश भेलाले नगेन्द्र राईलाई संयोजकका रुपमा चयन गरेको छ । राईको संयोजकत्वमा ३१ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरिएको हो । ३१ सदस्यीय मितिमा आठ सदस्यपछि थप्ने पनि बताइएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रुमुख अतिथि तथा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज हरिभक्त कडेंलले अहिले देश भयाबह अवस्थामा फसेको र देशलाई यो अवस्थाबाट माथि उठाउनु पर्ने कुरामा जोड दिए । प्रशिक्षणत्मक कार्यक्रममा आफ्नो अनभूति राख्दै अतिथि कँडेलले वर्तमान अवस्थामा देशमा आएको राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरु हल गर्न अब अग्रगामी बटो र विकल्पको खोजी गर्नुपर्ने कुरा बताएका थिए ।

यसै कुरालाई मध्यनजर गरेर पार्टीले तीन जादुगरी हतियारहरुको विकास गर्दै गएको र तीन जादुगरी हतियारमध्ये क्रान्तिकारी मोर्चालाई सुदृढ बनाउँदै लगिएको कुरामा जोड दिए । क्रान्तिकारी मोर्चाका रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल क्रान्तिका तीन जादुगरी हतियार र संघर्षको साधन हो भन्दै यसले खुल्लाखालका र सरकारी दमनका बेलामा प्रतिरोधात्मक संघर्षका कार्यक्रमहरु पनि अघि बढाउने छ ।

देजमो एक नम्बर प्रदेशको भेलालाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु सिताराम बुढाथोकी, मनोज श्रेष्ठ, डिल्ली बोहरा लगायतको समुपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य जबसको तफैबाट उमानाथ ढकाल, मोर्चाका तर्फबाट पारस लिम्बु, पार्टीक तर्फबाट मनोज श्रेष्ठ, सीताराम बुढाथोकी, डिल्ली बोहराले दिएका थिए भने कार्यक्रमको सञ्चालन शान्तिराम गिरीले गरेका थिए ।