देजमो २ नं. प्रदेशको सम्मेलन, युवा र मधेसी मोर्चाको भेला संयुक्त रुपमा सम्पन्न

देजमो २ नं. प्रदेशको सम्मेलन, युवा र मधेसी मोर्चाको भेला संयुक्त रुपमा सम्पन्न


महोत्तरी । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको २ नं. प्रदेशको सम्मेलन सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका नेता कमल चौधरीको अध्यक्षतामा सम्पन्न सम्मेलनले रामनारायण सिंहको नेतृत्वमा २१ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । सम्मेलनले अध्यक्षमा रामनारायण सिंह, उपाध्यक्ष खडग साह, सुर्यनारायण चौधरी, सचिव भुवन चौलागाई, कोषाध्यक्ष महेन्द्र लामा र सदस्यहरु क्रमश किरण चौधरी, गौरव लामा, प्रेम भुजेल, रेवती देवकोटा, शंकर चौधरी, राकेश साह, विरेन्द्र साह, नन्दु झा, जनरसी देवी लगायतलाई निर्वाचित गरेको छ ।


क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रतीकको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा अतिथिहरु पार्टी पिविएम तथा २ नं. प्रदेशका सचिव कृष्णदेव सिंह, पार्टी केस जितेन्द्र, उज्वल, किरण, रन्जित, दिपेन्द्र, विष्णुलालको उपस्थिति रहेको छ ।
यसैबीच, क्रान्तिकारी युवा लिगको भेलाले गंगा महतोको नेतृत्वमा २१ सदस्य क्रन्तिकारी युवा लिग २ नं. को प्रदेश कमिटि निर्माण गरेको छ । त्यसैगरी भेलाले सन्जय सिंहको नेतृत्वमा २१ सदस्य मधेसी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) को पनि प्रदेश कमिटी निर्वाचित गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता प्रतीकले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याहरुमा पार्टी, मोर्चा तथा जनवर्गीय संगठनहरुले खेल्नुपर्ने भूमिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने अन्य अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

यसैबीच, केही दिन अघि संयुक्त जिल्ला भेलाल दे.ज.मो. सिरहाको किरण चौधरीको नेतृत्वमा ११ सदस्यीय, राजदेव नायकको नेतृत्वमा ११ मधेसी राष्ट्रिय मुक्ति मोर्चा, रामनारायण महराको नेतृत्वमा ११ सदस्यीय दलित मुक्ति मोर्चाको संयोजकत्वमा ११ सदस्यीय, लक्ष्मी महतोको नेतृत्वमा अखिल किसान महासंघको ११ सदस्यीय कमिटि र रामकिशोर दासको नेतृत्वमा क्रान्तिकारी युवा लिगको जिल्ला कमिटि निर्वाचित गरिएको छ ।